मुग्लानी खबर मङ्सिर ३
समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका खबर बाहिरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद फेरबदलको तयारी गरेपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका छन् । मन्त्री यादव अचानक दिल्ली पुगेपछि अनेक थरी अड्कल बाजी हुन थालेका छन् ।
तर स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएको जनाएको छ । सो कार्यक्रममा उपसचिवस्तरको अधिकारी जाँदा पनि हुने भएकोले उपप्रधानमन्त्री समेत रहेका मन्त्री यादव किन गएका होलान् भन्ने चर्चा सर्वत्र चलेको छ ।उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भएपनि यादव एक सातासम्म भारतमै रहनेछन् । उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको छ ।