अन्तर्राष्ट्रिय नाट्य एवं लोककला जनकपुरधाममा शुरु

मुग्लानी खबर – ५ मंसीर

जनकपुरधाम, ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।

विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ ।

महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको छ ।

महोत्सवमा जानकी लीला (मैथिली), एक गदहे कि आत्मकथा (हिन्दी), तलाक (मैथिली), मेरा घर (हिन्दी), हम नेपालमे चुनाव लड्य चाहैत छी ( मैथिली) लगायतका नाटक र सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सव तीन दिनसम्म चल्नेछ । RSS


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *