नेपाली तारा दिपक लिम्बुको साथ किरात याक्थुङ चाम्लुङ साईप्रसले उधौली पर्व मनाउने

मुग्लानी खबर मङ्सिर ११ 

लक्ष्मी ब्लोन तामाङ/ साईप्रस

किरात याक्थुङ चाम्लुङ साईप्रसद्वारा उधौली पर्व मनाउने भएको छ ।

“भाषा,धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौँ लोपन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं ” भन्ने मुल नाराका साथ स्थापना भएको किरात यक्थुङ चुम्लुङ साईप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङनाम ( उधौली ) को पावन अवसरमा सास्कृतिक स्कृतिक कार्यक्रम गर्ने तय भएको छ ।

उक्त सास्कृतिक पर्व कार्यक्रमलाई थप मनोरञ्जन बनाउनको लागि नेपालबाट आमन्त्रीत अथिती कलाकारहरु प्रथम नेपाली तारा तथा सर्वाधिक लोक प्रीय दिपक लिम्बू त्यसैगरी युकेबाट युवा गायक सुरेन लुम्बू ताम्लिङ,बिभिन्न सास्कृति झाकी,मौलिक नृत्य हरुको साथ स्थानीय कलाकारहरूको पनि बेजोड बिशेष प्रस्तुतिहरु रहनेछ।

स्थानीय कलाकारहरुद्वारा दर्शकलाई थप आकर्षक हुनेगरि लिम्बु भेषभुषा , संस्कार संस्कृति झल्काउने , केलाङ , यालाङ तथा मनोरञ्जनात्मक संस्कृतिक कला प्रस्तुतिहरु कार्यक्रममा प्रस्तुत हुने आयोजक सस्था किरात याक्थुङ चाम्लुङ साईप्रसले जनाएको छ ।

उक्त कार्यक्रम साइप्रसको ब्यास्था सहर लिमासोल स्थित नेओ फिस्त हलमा डिसेम्बर ८ तारिख आइतबार हुनेछ भने कार्यक्रम सफल पार्नको निमित्त साईप्रसबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक टिमले हार्दिक निमन्त्रणा सहित अनुरोध गरेको छ  ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *