स्वास्थ लाभ गर्नेप्रती प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया 

मुग्लानी खबर मंसिर १२

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

एपेन्डिसाइटिस भएपछि उनको गत मंगलबार शल्यक्रिया गरिएको थियो । बुधबार भने उनले पत्रपत्रिकाहरुमा आफ्नाबारे कस्ता समाचार आएका थिए भनी चासो राखेको डा अरुण सायमीले संचारकर्मीलाई बताएका थिए ।

ओलीले बिहीबार बिहान ट्वीटरमा ट्वीट गर्दै यसो लेखेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *