स्विडेनी यी राजपरिवारले भारतको भ्रमण गर्ने

मुग्लानी खबर मंसिर १३

स्वीडेनका राजा कार्ल सोह्रौ गुस्ताफ र रानी सिल्भिया छ दिने भारत भ्रमणमा जाने भएका छन् ।

आगामी डिसेम्बर १ देखि ६ तारिखसम्म स्विडेनी राजपरिवारले भारतको भ्रमण गर्ने तय भएको समाचारमा जनाइएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा उनिहरू भारत जाने लागेको भारतीय समाचारमा खवर छ ।

स्वीडेनका राजाको भारत भ्रमण यो तेस्रो पटक हुन लागेको हो । यसअघि उनले सन् १९९३ र २००५ मा पनि भारतको भ्रमण गरिसकेका छन् ।

भ्रमणका क्रममा स्वीडेनका राजाले भारतका राष्ट्रपति कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनीहरूबीच दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्धलाई थप मजबुत गर्नेलगायतका विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

नयाँ दिल्लीको औपचारिक कार्यक्रमबाहेक राजदम्पत्ति मुम्बई र उत्तराखण्डको भ्रमणमा समेत जाने कार्यक्रम रहेको छ ।-एजेन्सी


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *