प्रधानमन्त्री ओलि र अध्यक्ष प्रचण्ड बिच भेटघाट

मुग्लानी खबर मंसिर १३

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ भेटेका छन्।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेपछि ओलीसँग आईसियुमै कुराकानी गर्ने प्रचण्ड दोस्रो व्यक्ति हुन्। चिकित्सक र पत्नी राधिकाबाहेक तेस्रो व्यक्तिलाई भेट्न निषेध गरिएको अवस्थामा शुक्रबार अध्यक्ष प्रचण्डले ओलीसँग करिब ५ मिनेट कुराकानी पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले उपनिर्वाचन र पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेपछि अध्यक्ष प्रचण्डले ढुक्क भएर बस्न आग्रह गरेका थिए। उनले आफ्नो स्वास्थ्यको ख्याल गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गरेका सापकोटाले बताए।

त्यसक्रमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे उपचारमा संलग्न चिकित्सकहरूसँग पनि परामर्श गरेका थिए।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *