सागका लागि चिटिक्क क्रीकेट मैदान

मुग्लानी खबर मंसिर १४

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत दोस्रोपटक नेपालमा हुन लागेको क्रीकेट खेलको लागि कीर्तिपुर क्रिकेट मैदानलाई चिटिक्क पारिएको छ ।

करिव ६ बर्षपछि अन्तराष्ट्रिय टि २० क्रिकेट नेपालमा हुन लाग्दा कुनैपनि कमजोरी नदेखियोस भनेर क्यानले मैदानको मर्मत गरेको छ । यसका साथै केहि संरचना थपिएको छ भने यसअघि भत्किएका पुर्वाधारलाई मर्मत गरेको छ । भिआइपी स्थानमा नयाँ संरचना बनाइएको छ । यसका साथै यसअघि टुटेफुटेकमा सामानहरुलाई मर्मत गरिएको छ ।

मैदानको आउफिल्टलाई हरियो पारेर नयाँ ढाँचा दिइएको छ । यतिमात्र होइन दर्शकको सुविधाका लागि पनि केहि पुर्वाधार बनाएको छ । करिव तीन साताबाट दुर्तगतिमा मैदानको मर्मत गरेर सागका लागि कीर्तिपुरको मैदानले स्वरुप फेरेको छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *