भलिबलमा श्रीलंकालाई हराउदै पहिलो पटक सेमिफाइनल

मुग्लानि खबर मंसिर १४

भलिबलको इतिहासमा पहिलोपटक नेपाली टिम साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ। १३ औँ सागको महिला भलिबल सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराएर नेपाली महिला टिमले ऐतिहासिक उपलब्धि पाएको हो।

बाजागाजासहित घरेलु समर्थकको हौसला पाएको टिमले अब फाइनलमा भारतलाई हराउन सके कीर्तिमानी स्वर्ण जित्नेछ। भारतले माल्दिभ्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

यसअघि साग खेलकुदमा महिला टिमले नै तीन पटक कास्य पदक जितेको थियो। महिला टिमले नै सन् १९९९, २००६, २०१६ को सागमा कास्य पदक जितेको थियो। यसैले फाइनलमा भारतसँग पराजित भए पनि नेपालको रजत पदक ऐतिहासिक उपलब्धि हुनेछ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *