अस्पतालबाटै बलात्कार अरोपी ‘सिद्धबाबा’ पक्राउ

मुग्लानी खबर मङ्सिर १६ 

बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ ।

सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछी उनी बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ जारी गरेको हो  ।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिए्रको हो ।

स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो । यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *