बागलुङ-२ ‘ख’ मा जनमोर्चाका शाहीको जित

मुग्लानी खबर मङ्सिर १६

प्रदेशसभा सदस्यका लागि बागलु क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनले विजयी हासिल गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २०९७ मत अन्तरले पराजित गरेका हुन् ।

शाहीले ११२३५ मत प्राप्त गरे भने शेरचनले ९१३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११,८ ८४ मत प्राप्त गरी विजयी भएका थिए ।

त्यसबेला पनि प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८, ६ ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा अहिले अन्तर भने १ हजार भन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भए छि यस क्षेत्रमा उपचुनाव भएको हो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *