चीन जान लागेका प्रचण्ड जब कार्यक्रमनै रद्द गरेपछी

मुग्लानी खबर मंसिर १६
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले चीन जाने कार्यक्रमनै रद्द गरेका छ्न

सी पथको अध्ययन र चीनको विकासको अवलोकनका लागि ६० सदस्यीय पार्टी नेतासहित चीन जाने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्को कार्यक्रम रद्द भएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको कार्यकारी अधिकारसहितको जिम्मेबारीका कारण दाहालले आफै सार्वजनिक रुपमा घोषणा गरेको कार्यक्रम रद्द गर्न पुगेको उनी निकट श्रोतले बताएको छ ।

दुईदिन अघि शुक्रबार राजधानीमा चीन नेपाल मैत्री पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा दाहालले चीन र नेपालबीचको सम्बन्ध जनस्तरमा मात्रै होइन राजनीतिक स्तरमा पनि अत्यन्तै सुमधुर भएको बताउँदै आफ्नो नेतृत्वमा ६० सदस्यीय टोली चीन जान लागेको जानकारी गराएका थिए।

दाहालको टोली यहि मंसिर २२ गते चीन उड्ने योजनामा थियो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *