मुग्लानी खबर मङ्सिर
पछिल्लो समयमा गित संगीतको परिधी धेरै फराकिलो भैसकेको देखिन्छ । धेरै बाल कलाकार हरु भाइरल हुने क्रममा धादिङ ससाह कि नब प्रतिभावान ११ बर्षकि नानी सपना तामाङले आफ्नो पहिलो तामाङ गाउको बर्णन गरिएको नम्स छुपला म्हेन्दोमाया गित बजारमा ल्याएकी छिन ।
मान्छे सानै तर नाच्न गाउन अनि हास्यकलाकार हरुको कपिगर्न सक्ने सपना तामाङ उत्तरी धादिङको खनियाबास-१ झार्लाङ र अहिले भुकम्प पछि बसाइ सरेर ससाह बस्दै आइरहेकी छिन ।
स्कुलका कार्यक्रम हरुमा भाग लिदै मेलिना राइको फ्यान भन्दै गित गाउदै आएकी सपना आफ्नो पहिलो गित बजारमा ल्याउन पाउँदा धेरै खुशी भएको बताउछिन त्यसै अनुरुप उनको बाबा आमाले पनि छोरिलाइ सानै उमेर नभनी छोरिको इच्छा अनि चाहना पूरा गरिदिएको बाबा आमा बताउन्छ्न ।
कक्षा ५ मा देउराली मा.बि.ससाहमा अध्यन गर्दै आइरहेकी सपना गित संगीत बाटनै ठुलो कलाकार बन्ने लक्ष्य रहेको बताउन्छिंन । गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङको साथ लिदै यो क्षेत्रमा पाइला चालेकी उनि रेडियो सुन्ने रेडियोमा आएका कार्यक्रम हरुमा फोन गरेर गित सुनाउने सपनाले सन्दिप स्याम्चेनको शब्द संगीत अनि स्वरमा यो गित बजारमा ल्याएकि हुन भने मोडलमा बिमला लामा सन्दिप स्याम्चेन र आफै अभिनय गरेकी छिन ।
आशा छ यो गितलाई मनपराइ यस्तै माया साथ सपोर्ट मिल्ने कुरामा आशाबादी रहदै सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीले माया गरिदिनु हुने छ भन्दै अर्को गितपनि चाडै बजारमा ल्याउने बताइन ।
भिडियो हेर्नुस्