सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा

मुग्लानी खबर असोज २ सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। पारस खड्काको कप्तानीमा बिहीबार १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिएको हो । नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलन गरेर टोलीको घोषणा गरेका हुन् । टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर छैनन् […]


नेपाल क्रिकेट संघको निर्वाचन मिति तय

मुग्लानी खबर भाद्र ३० अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको मध्यस्थतापछि नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिती निर्वाचनको नयाँ मिती तय भएको छ। राजधानीको सोल्टी होटलमा सोमबार आईसिसी प्रतिनिधी र राष्ट्रिय खेलकुद परिषद्-राखेप सदस्यसचिव रमेश सिलवालबीच भएको छलफलपछि आगामी असाेज १० र ११ गते क्यान निर्वाचन गर्ने तय भएको हो।   यसअघि असोज ३ र ४ का लागि स्वतन्त्र […]


सिपिएल मा बार्बेडोस ट्राईडेन्टसको पहिलो जित, सन्दिप बने म्यान अफ द म्याच’

मुग्लानी खबर भाद्र २६ क्यारेबियन प्रिमियर लिग(सिपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका छन्। यस खेलमा उनी ‘म्यान अफ द म्याच’ पनि घोषित भएका छन्। सिपिएलमा संदिपले ३ विकेट लिएको यो पहिलो अवसर हो। उनले लिगको आफ्नो दोश्रो खेलमा बार्बेडोस ट्राईडेन्टसका लागि नेभिस पेट्रिएट्सविरूद्ध ३ विकेट लिएका हुन्। सो खेलमा टस […]


विश्वकप फुटबल छनोटमा नेपाल

मुग्लानी खबर- २५ भदौ काठमाडौँ – विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाईनिज ताईपेईलाई २-० गोलले हराएको छ। शुरुदेखि नै आक्रामक खेल प्रदर्सन गरेको नेपालले ताइपेई रङ्गशालामा सम्पन्न खेलमा जित हासिल गरेको हो। नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए। […]


आइपिएलको युवा उदयीमान खेलाडीमा लामिछाने अगाडी

मुग्लानी खबर ०४ बैशाख  इन्डियन प्रिमियर लिग (आइपिएल)ले हरेक बर्ष दिने उदीयमान युवा खेलाडी अवार्डको भोटिङमा दिल्ली क्यापिटल्सबाट खेलीरहेका नेपाली सन्दिप लामिछाने सबैभन्दा अगाडि छन् । ४ खेलमा ५ विकेट लिएका सन्दीपले मंगलबार दिउँसोसम्म ६० प्रतिशत भोट नाघेको छ । रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराजले ३७ प्रतिशत भोटमा पछ्याइरहेका छन् । इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा […]


विराटनगरमा हुने महिला क्रिकेट लिग अव काठमाडौंमै

मुग्लानी खबर चैत २९  आगामी वैशाख ७ देखि विराटनगरमा हुने भनिएको महिला टी २० क्रिकेट लिगको मिति र स्थान परिवर्तन भएको छ। एनसिएल स्पोर्ट्स प्रालिले राखेपको समन्वयमा विराटनगरमा हुने ‘वोमेन्स टी २० लिग क्रिकेट प्रतियोगिता’ आगामी जेठ ६ देखि १३ सम्म काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सन्चालन हुने भएको हो। जारी आठौं राष्ट्रियय खेलकुद अन्तर्गतको […]


नयाँ बर्षको अवसरमा धादिङको ड्बजोङ गाउँपालिकामा फुटबल प्रतियोगिता हुदै

मुग्लानी खबर चैत १५  श्याम मम्बा तामाङ नेपाली हरुको नयाँ वर्ष बिक्रम सम्बत २०७६ शालको पुनित अवसर पारेर धादिङको ड्बजोङ गाउँपालिकामा खुल्ला नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । वाका कप नाम दिएको फुटबल प्रतियोगिताको दशौ संस्करण यहि मिति २०७५ साल चैत २२ देखि २०७६ साल बैशाख १ गते सम्म आयोजना गर्न गइरहेको कुरा […]


आइपिएलमा उद्घाटनमा खर्च हुने २० करोड रकम पुलुवामा घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई दिने बिसिसिआइको निर्णय

मुग्लानी खबर चैत ५  भारतीय क्रिकेट बोर्ड(बिसिसिआइ)ले पुलुवामा भएको आतंकवादी हमलामा शहिद भएका सेनिक जवानका परिवारको राहत कोष तथा राष्ट्रिय रक्षा कोषलाई २० करोड भारू दिने निर्णय गरेको छ। बोर्डले २३ मार्चबाट सुरू हुने भारतिय क्रिकेट लिगको पहिलो दिन भारतीय सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गर्ने उसले जनाएको छ। उनीहरूले लिगको भव्य उद्घाटनमा […]


उदयमान युवा क्रीकेट अवार्ड रोहित पौडेल लाई

मुग्लानी खबर फागुन २२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित पौडेलले एनसिसीएस–सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर अवार्ड जितेका छन्। त्यस्तै महिलातर्फ सीता रानामगरले एनसिसीएस अवार्ड जितेकी छन्। रोहितले उदियमान खेलाडीको प्रतिस्पर्धामा अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका हुन्। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाएका छन्।


महिला विश्वकप छनोट : चीनमाथि नेपालको पाँच रनको जित

मुग्लानी खबर फागुन १३ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ। सोमबार बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ‌ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनाउन सक्यो। चीनका लागि झाङ मेई सबैभन्दा बढी  ३३ रन […]