काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासँग भेट गरेका छन्।
प्रधानन्यायाधीश राणाको कार्यकक्षमा भेटवार्ता भएको सेनाले जानकारी दिएको छ।
सर्वोच्चको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गाबारे समन्वय गर्न प्रधानसेनापति थापा पुगेका थिए।
सर्वोच्च अदालत भवनको पछिल्तिर रहेको सो जग्गा नेपाली सेनाको नाममा रहेको छ। प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो।
जहाँ सर्वोच्चले नयाँ भवन बनाउँदै छ। त्यससम्बन्धी छलफल र समन्वयका लागि प्रधानसेनापति प्रधानन्यायाधीशलाई भेट्न जानुभएको हो, I