बागमती प्रदेश- काठमाण्डौ नागार्जुन नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदका लागि शुक्र बहादुर तामाङले मनोनयन दर्ता गराएका छन। आगामी बैशाख ३० गते हुने आसन्न स्थानीय चुनावका लागि नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन।
बि सं २०७४ सालको आसन्न निर्वाचनबाट सोही वडा नं ८ को वडा अध्यक्ष पदमा निर्बाचित तामाङले पाँच वर्षीय कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका छन। स्पष्ट बिचार बिकासप्रेमी र जनपक्षीय काम गर्ने अध्यक्ष तामाङ को पुन: अध्यक्ष पदमा उम्मेदवार घोषणा भए संगै स्थानियहरु उत्साही रहेका छन।