
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ नेपाली कांग्रेस वडा अध्यक्ष पदका उम्मेद्वार नारायण वहादुर सुवेदीले जनताको धनजनको सुरक्षालाई मध्येनजर गर्दै प्रत्येक टोलटोलमा सिसीटिभी क्यामेराको जडान गरि निगरानी गर्ने बताएका छन
२०७४ सालको स्थानीय तहको आसन्न निर्वाचनबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष पदमा निर्बाचित भई काम गरिसकेका सुवेदीले पुन: सोही वडाबाट वडा अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका छन।बिशेष गरि वडा नं ५ को भौतिक संरचना,ढल निकास,सडक निर्माण लगायतका थुप्रै कार्यहरु सम्पन्न गरेसकेतापनी अझै थुप्रै काम गर्न बाकी रहेको बताएका छन। ती अधुरा अपुरा रहेका कार्यहरुलाई सम्पन्न गरि समृद्ध वडाको निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
टोलटोलमा सिसिटिभी क्यामेरा जडान,प्रत्येक बाटोमा बत्ती जडान,बाकी रहेका सडक,ढल निकास, प्रत्येक घरमा खानेपानीको ब्यबस्था, हरियाली प्रवर्द्धन र जनतालाई स्वस्थ जिवनयापन गराउनु उनको लक्ष्य रहेको बताउछन।शिक्षा, स्वास्थ्य रोजगार र कृषिमा वडाको तर्फबाट अनुदान,र सहुलियत ऋण प्रदान गरि कौसी खेती लगायत विविध सिपमुलक तालिमको ब्यबस्था गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन।
हिजोका दिनमा खानेपानी ,सडक बत्ती,ढल लगायतका समस्याले ग्रसित जनतालाई समस्याबाट मुक्ति दिन सफल भएकाले उक्त कार्यबाट जनताहरु अत्यन्तै हर्षित भएका छन।घरदैलो कार्यक्रममा जनताले गुनासो भन्दा पनि तपाई आउनुपर्छ भन्ने भनाई रहेको छ उनले भने।म जनताको काम प्रती उत्तरदायी र जिम्मेवार छु त्यसैले पुन: वडा अध्यक्षको रुपमा नारायण बहादुर सुवेदीको आवश्यक रहेको वडाबासीको चाहाना समेत रहेको बताए।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस ...
