ललितपुर । असार १६ -बागमती गाउँपालिकाको आयोजनामा गाउँपालिकामा रहेका आदिवासी जनजातिको उत्थानका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको उक्त कार्यक्रम वडा नं १ का वडा अध्यक्ष ज्ञान बहादुर लो को सभापतित्वमा घुसेल स्थित वडा कार्यलयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारी शाखा प्रमुख,वडा सदस्यहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,कर्मचारीहरु,पत्रकार लगायत तालिममा सहभागी आदिवासी जनजाति दाजुभाइ तथा दिदिबहिनीहरुको उत्साहजनक प्रशिक्षार्थीहरुको उपस्थितिमा कार्यक्रमका प्रमुख प्रशिक्षक डा.ओम गुरुङले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षक डा. ओम गुरुङले आदिबासी जनजातिका बारेमा स्पष्ट पारेका थिए।विभिन्न क्षेत्रमा पछाडी पर्नुका कारण बताउदै अगाडि कसरी बढ्ने र सामाजिक राजनैतिक आर्थिक तथा रोजगारीको क्षेत्रमा कसरी अगाडि बढ्ने सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमका संयोजक तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले बागमती गाउँपालिकाको सहयोगमा थुप्रै प्रशिक्षण तथा तालिमको आयोजना गरि पछाडी परेका नागरिकलाई विभिन्न तह र तप्कामा अगाडि बढाउन प्रयास सफल भएको बताईन जस अन्तर्गत आजको प्रशिक्षण कार्यक्रम पनि अत्यन्तै सौहार्द वातावरणमा सफल भएको हुँदा साथ सहयोग दिनुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गरेकी थिईन।
त्यसैगरी कार्यक्रमका सभापति तथा वडा अध्यक्ष ज्ञान बहादुर लो ले बोल्दै आदिबासी जनजातीहरु पछाडि पर्नुको एउटा मुख्य कारण प्रशिक्षण भएको हुँदा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ सहयोगको लागि सहभागी भई शोभा बढाईदिनुहुने सम्पुर्ण ब्यक्तित्वहरु लगायत प्रशिक्षार्थी हरुमा धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।