मुग्लानी खबर-२२ बैशाख
बिदेशका हरेक मनोरम दृस्यमा विभिन्न म्युजिक भिडियोको छायांकन धमाधम हुने क्रममा "ओई काले " बोलको आधुनिक गीतको छायांकन कतारका बिभिन्न क्षेत्रमा रहेका मनोरम दृश्यमा हिजो मात्र छायांकन सम्पन्न भएको छ।
सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालिको ब्यानरमा रिलिज हुने उक्त म्युजिक भिडियोमा कलाकारहरु मोडल तथा कोरियोग्राफर राज गुरुङ,मोडल उर्मिला लामा,दिनेश गुरुङ ,रमेश सुनार र शुबास खनाल रहेका छन भने शृङ्गारमा आरोही कर्मोचाले बिशेष भुमिका खेलेकी छिन।विभिन्न म्युजिक भिडियोमा नेर्देशन गरिसकेका कुशल निर्देशक शुरज तामाङ ले नै यो भिडियोको पनि निर्देशन गरेका छन।कतारका विभिन्न स्टुडियम,पार्क ,बिच, र मरुभुमिका सुन्दर दृष्यहरुमा भिडियोका क्लिप्सहरु कैद गरिएका छन।
जितेन लेप्चाको सङ्गीत ,प्रकाश सापकोटाको लय तथा मानबिर लेप्चाको स्वरमा सजिएको उक्त गीत "ओई काले"अलि पृथक रहेको छ।उक्त म्युजिक भिडियोको छायांकनलाई अत्यन्तै सफलताका साथ सम्पन्न गर्नको लागि बिशेष धन्यबादका पात्रहरुमा सुकबिर वली,राज रुचाल,बिरेन्द्र याक्थुङ्बा,भेष धिमाल,नारायण हमाल, माया लामा लगाएतका ब्यक्तिहरु रहेका छन।
यो छायांकन म्युजिक भिडियोलाई बिस्वभरी छरिएर रहनु भएका सम्पुर्ण दर्शक श्रोताहरु माझ पुर्याउन मिडिया पार्टनर को रुपमा अनलाईन मिडिया मुग्लानी खबर डट कमले बिशेष भुमिका खेलेको छ।