मुग्लानी खबर- १७ साउन

गाउॅघरको पैदल यात्रा मेरो शौखको बिषय हो।
यसै क्रममा म एउटा यस्तो गाउॅमा पुगें जो अति सुन्दर एव॔ रमणीय थियो।
शान्त वातावरण,अति मनोरम, नजिकैमा खोलो अनि खोला गड़तिर नजिकै सुन्दर घुमाउॅने डाॅड़ो अनि झ्याम्म परेको झ्याम्टे बरको रूख।।
वरिपरिका मानिसहरूले उक्त बरको रूखको रोचक किंवदन्ती सुनाए-जो निक्कै रोचक लाग्यो मलाई।
झ्याम्टे बरको रूख नजिकै एउटा निक्कै ठूलो पहाडी खोलो बग्छ।
भ्याम्टे बरको रूखभरी चराचुरुङ्गीहरू च्याॅ च्याॅ र चुॅचु कराइरहेका छन् ।
बरको रूखको नजिकैमा निक्कै सप्रेको नेभारो र दुधिलोको रूख छ-बिचमा झ्याम्टे बर।
खोला नजिकै रहेका उक्त घुमाउॅने डाॅड़ोमा रहेका यी रूखहरू पशु प्राणीहरूका निम्ति बहुपयोगी छ।
पानी पर्दा ओत,धाम लाग्दा शितलता दिन्छन् यी रूखहरूले।
यी रुखहरूका आयु पुग-नपुग साठी\सत्तर बर्ष नाघेका जस्ता देखिन्छन्।
उन्नाइसौं शताव्दीको तेस्रो कालखण्डमा त्यस जग्गामा एक वालकको जन्म भएको थिएछ।-ब्राहमण कुलमा,
उति बेला त्यो झ्याम्टे बर भएको डाॅड़ो रूगरूगे सिरूघारी थिएछ।
उक्त बालक त्यही खेलेर बाल्यकाल बिताएको थिएछ।
उ प्रकृति प्रेमी थियो -बन जंगल संरक्षण गर्नु पर्छ,जंगल चरा चुरूङ्गी र बन्य पशुहरुको घर हो भन्थ्यो उ।
भन्ने गर्थ्यो ' उ,''जन्म नै मृत्यु हो"
उ भन्नै गर्थ्यौ-मेरो मृत्युपछि मेरो देह अग्नीलाई समर्पित नगरियोस्।
मेरो मृत्युमा मलाई जलाउॅन रूख काटेर पंक्षीलाई घरवार बिहिन नबनाइयोस्।
यदि मेरो देह पृथ्वीलाई समर्पित गरिए मेरो चिहानमा बेलायती तथा संगमर्मर पनि नलगाइयोस्।
स्मृति बन लगाइयोस् जहाॅ मलाई पृथ्वीमा समाहित गरिन्छ-त्यहाॅ -भन्थे 'रे उनी भन्ने किम्वदन्ती सुनिन्छ कहिलेकाॅही । ।
त्यो गाॅवमा आजकल ब्राहमण जातका मानिसहरू छैनन्,
अर्कै समुदायका,काला काला वर्णका निक्कै प्रगतिशील मानिसहरूको बसोबासो छ-त्यहाॅ।
पुरानो त्यही खोलामात्र फेरिएको छैन तर गाउॅ र खोलाको नाम फेरिएको छ।
हिॅजआज ....
अहा!कति सुन्दर झ्याम्म परेको बरको रूख
एकक्षण त शीतल तापौं न भन्दै शितलता ताप्ने तथा उक्त स्थानमा घुम्न आउॅने आगन्तुकहरूको भीड़ देखिन्छ उक्त रूख तथा घुमाउने डाॅड़ा वरिपरि।
भनिन्छ त्यो झ्याम्टे बर र ती नेभारा र दुधिलोको रूख उसको चिहानमाथि रोपिएको थियो 'रे जो एकाइसौं शताव्दीको पूर्वार्धमा त्यो खोला किनारमा पाङ्रे चौकीमा (ह्वील चेयर) धेरै बर्षसम्म बसेका देख्थ्यौ हामी साना छॅदा भनेर भन्ने गर्छन्- एक पुराना स्थानीय बुजुर्ग नागरिक।
विस्मृतिको गर्भमा लुकेको एउटा जीवन्त इतिहास अवलोंकन गर्ने अवसर पाएॅ मैले।
अर्जुन शर्मा निरौला
गीतखोला