मुग्लानी खबर-१२ मंसिर
बौद्ध दर्शन / तिब्बती भाषाविद / सस्कृतिविद तथा साहित्यकार कल्पना पराजुली (तिलस्मी प्रभास) का चार मुक्तक।
मुक्तक - १
तिम्रो भलो चाहन्छु उन्नति होस् फलोस् फुलोस् !!
हराभरा होस् लगाएको बाली तिमी तिरै झुलोस् !!
रमाएकै देख्न चाहन्छु तिमीलाई जहाँ गए पनि,
बादल मतिरै भुलोस् आकाश तिमी तिरै खुलोस्!!
___________________________________________
मुक्तक -२
अब जिन्दगीका धेरै वसन्तहरू काटे जस्तो लाग्छ !!
ऋतुहरू अोढिरहँदा उल्टै आफैँ फाटे जस्तो लाग्छ!!
समय भित्रकै केही समयलाई जीवन मान्ने हो भने,
शिक्षा, दीक्षा र भोगाइमा आयु साटे जस्तो लाग्छ !!
___________________________________________
मुक्तक - ३
कहिलेकाहीँ कहाँ बसिन्छ आफैंलाई थाहा हुन्न!!
कहिलेकाहीँ कहाँ फसिन्छ आफैँलाई थाहा हुन्न!!
स्थान र स्तरको जानकारी पश्चात् दिक्क लाग्छ,
कहिलेकाहीँ कहाँ खसिन्छ आफैँलाई थाहा हुन्न !!
__________________________________________
मुक्तक -४
हुनु र नहुनुले धेरै फरक पार्दोरहेछ जिन्दगीमा !!
रुनु र नरुनुले धेरै फरक पार्दोरहेछ जिन्दगीमा !!
कसैको भावनाले सबैको मन नछुन सक्छ तर,
छुनु र नछुनुले धेरै फरक पार्दोरहेछ जिन्दगीमा!!
____________________________________
समाप्त !!