तिमी तिम्रो प्रेमको परिभाषा दिनु
म मेरो देशको शहिदहरूको वलिदानको निम्ति
शब्द शब्दहरुको हार चढाउदैछु
जलाई मेरो देशमा आनन्द र खुशी पल जिउने पल दियो
म मेरो भगत सिंहको सम्झनामा यो समर्पित गर्दैछु
जसले मेरो भावीपिडीलाई स्वतन्त्र जिन्दगीको पलहरू दियो
म मेरो भ्यालेन्टाईन यहाँ यसरी मनाउदैछु
मेरो निम्ति लालकिल्लाको त्यो कालो कोठामा आफूलाई भारतको पहिलो शहीद बनायो मेजर दुर्गामल्ल
जसले मस्त यौवनको जवानीलाई सोह्र बर्षको उमेरमा विधुवा बनायो
म मेरो ती बीरहरूहरूलाई यहाँ स्मरण गर्दछु
जसले आफ्नो देशको निम्ति भनेर आफूहरूलाई सात आट बर्षको उमेरमा ट्याक्ङहरूको गोरेटो बनायो सावित्री र इन्द्रेणी
म उनलाई यहाँ सम्झन्छु जसले मेरो देशको राष्ट्रिय गानमा सुरिलो धुन देशलाई चढायो कप्तान रामसिंह ठकुरी
म उनलाई सधैभरी मनमा राख्छु जसले गान्धीजीको अनुसरणमा आफूलाई पहाडको गान्धी बनायो दलबहादुर गिरी
छन् अझै धेरै धेरै हाम्रो बीर सपूतहरु जसले देश र हामीलाई यो आनन्द र खुशी दिन यसरी देखायो
तर प्रश्नभित्रको जिन्दगी अझै पनि हामी यसरी जिएर पनि आउँदैछौ
तर पनि म मेरो भ्यालेन्टाईन बिगतको मेरो सन्तानको सम्झनामा यहाँ मनाउदैछु---!!!!