मुग्लानी खबर- बैशाख ३ बुधबार
गजल
आज दिन - दिनै पृथ्वीमा चाप बढ्दैछ!
मानिस - मानिसहरूको औँठाछाप बढ्दैछ!!
दिनहुँ समाचार सुनिन्छन किन बलात्कारकै,
कस्तो खपि नसक्नु आज यहाँ पाप बढ्दैछ!!
तछाड - मछाडको समय यो परिवेशमा,
देश-देश बिच हेपचेप अनी करकाप बढ्दैछ!!
रोगले, शोकले अनी भोकले मर्दैछन मानिस,
कस्तो अचम्म संसारमा रक्तश्राप बढ्दैछ!!
आँधीहुरी भुइचालो कतै ज्वालामुखीबिस्फोट,
के - के न हुने हो अझै सोर्य ताप बढ्दैछ!!
--------------------------------------------------------
राधा पौडेल- हाल कपिलवस्तु