काठमाण्डौ। गोकर्णेश्वर नगरपालिका नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार दिपक रिसालले जोरपाटी देखि सुन्दरीजल सडकमार्गमा सडकपेटि निर्माण,ब्यबस्थित पार्किङ ,बस स्ट्यान्ड लगायतको पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन।
गोकर्णेश्वर नगरपालिकाका स्थानिय बासिन्दा रिसाल प्रमुख सल्लाहकारमा रहि बिगतका पाँच वर्षको अनुभवमा नगरपालिका भित्र रहेका आर्थिक ,सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, खानेपानी, सडक, कृषि, रोजगारी लगायत विभिन्न बिषयमा रहेका समस्या र समाधानका बारेमा राम्रो ज्ञान भएका ब्यक्ती पनि हुन।
गत पाँच वर्ष मेयर सन्तोष चालिसेको कार्यकालमा गोकर्णेश्वरको विकासमा धेरै काम गरि नगरपालिकालाई सामाजिक ,आर्थिक, धार्मिक, कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा मुलुककै पहिलो नगरपालिकाको रुपमा स्थापित गर्न सफल भएको बताए। कोभिड - १९ को महामारी देखि जनतालाई दिनुपर्ने स्वास्थ्य सेवा, शिक्षा, खेलकुद, धार्मिक आस्थाका धरोहरको निर्माण,पर्यटन क्षेत्रको बिकास लगायतका गतिबिधी बजेट विनियोजन र सदुपयोग गरेको बताए।
गोकर्णेश्वर नगरपालिकामा अब भौतिक पुर्वाधार विकास भन्दा पनि स्वरोजगारको मुख्य आवस्यकता रहेको र जसको लागि प्राबिधिक शिक्षाको आवस्यकता रहेको बताए।अब युवाहरुलाई सिपमुलक शिक्षा प्रदान गरि नेपालमै स्वरोजगार बनाउने लक्ष रहेको बताउदै अरुणोदय सामुदायिक बिधालयबाट बर्षै पिच्छे ४८ जना सिभिल इन्जिनियर उत्पादन गर्न शुरुवात गरिसकिएको बताए भने युवाहरू लाई स्वरोजगार बनाउन ,इलेक्ट्रेसियन,पलम्बर,कृषि प्राबिधिक क्षेत्रमा नगरपालिकाको अनुदान, सहुलियत ऋण प्रदान गरि अगाडि बढ्ने उनको भनाई रहेको छ।
नगरपालिकाको प्रर्यटकिय क्षेत्रको रुपमा परिचित ओख्रेनी र मुलखर्कमा पिच सडक निर्माण गर्ने तारेभिर लगायतका सुन्दर क्षेत्रमा होटेल रेस्टुरेन्ट ,होमस्टे लगायतका ब्यबसायलाई बिस्तार गरि आर्थिक सम्पन्न बनाउन प्रयत्न गर्ने बताएका छन।