काठमाडौँ – काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ।
यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ।
एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्म अग्रता लिएको छ। मतदान केन्द्रका खटिएका कांग्रेस प्रतिनिधि रमेश तिवारीका अनुसार अहिले वडा नम्बर १ र ९ को गणना भइरहेको छ।
प्राप्त नजिताअनुसार एमालेबाट प्रमुख पदका प्रत्यासी कृष्ण बजगाईंले २७० मत ल्याएका छन्। उप्रमुखमा लक्ष्मी केसीले २०६ मत पाएकी छन्। राप्रपाबाट प्रमुखको प्रत्यासी बनेका रमेश नापितले २८१ र उपप्रमुखको २०४ मत आएको छ।