सेक्स मानिसका लागि नभई नहुने प्राकृतिक नियम हो।स्वास्थ्यको दृस्टीकोणले हेर्ने हो भने सेक्स गर्नु उत्तम मानिन्छ। तर सेक्स गर्न विभिन्न मानिसका फरक रुचि चाहाना हुने गर्दछन।
कतिपय मानिसहरु राती मध्येराती दिउँसो वा जुनसुकै बेला पनि सेक्स पार्टनर सङ सल्लाह मिल्ने बितिक्कै राझ्ने गर्दछन ।अधिकांश मानिसहरु रातको समयमा खाना खाई बेडमा गैइसकेपछी यौन सम्पर्क गर्न रुचाउँछन । यौन सम्पर्क गर्ने महत्वपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय लाग्दछ । यौन सम्बन्ध हरेक प्राणिमा रहन्छ यो प्रकृतिले दिएको उपहार समेत मानिन्छ।
यौन सम्पर्क गर्नु कामबासना पूरा गर्नु मात्र होईन यदी उपयुक्त समयलाई छनोट गरि यौन सम्पर्क गर्ने हो भने शारीरिक तथा मानसिक रुपमा समेत फाईदा हुने एक अध्ययनले जनाएको छ।आउनुहोस चर्चा गरौ सेक्स गर्नको लागि कुन समय उपयुक्त होला? बेल्फास्टको क्विन विश्वविद्यालयद्वारा गरिएको एक अध्ययनको दाबी अनुसार सेक्स गर्ने समय सबै भन्दा उत्तम बिहानको समय हुने मानिएको छ।
जुन ब्यक्तिहरुले सेक्सलाई यौन प्यास मेटाउने माध्यम मात्र ठान्छ जसका लागि रातिको समय उपयुक्त लाग्न सक्छ भने जसले यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाईदा पनि लिन चाहन्छ उसका लागि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले अति उत्तम मानिन्छ।
बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ उनीहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ भैई रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुने दाबी गरेको छ । यौन सम्पर्क एक किसिमको मनोराजनात्मक खेल हो भएकोले एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ त्यसैले यौन सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ ।जब दुबै सेक्स पार्टनर चरम आनन्दमा हुन्छन तब सम्भोग गर्दा दुवैजना तृप्त भईन्छ र यौनसम्भोगको पुरा मजा आउँदछ।
अध्ययनले बिहानी पख सेक्स गर्नुका सात फाईदाहरु बुदागत रुपमा दिएको छ ती निम्नानुसार छन।
१. नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त साचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ र मानिस स्वस्थ बन्ने गर्दछ।
२. बिहान गरिने यौन सम्पर्कले माईग्रेन टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग निको गर्नमा ठूलो भुमिका खेल्दछ।
३. यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग बाट बच्न अभिप्रेरित गर्दछ ।
४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याने काम गर्दछ।
५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुने गर्दछ।
६. अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ ।
७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन हुने गर्दछ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताए अनुसार हप्तामा तीन पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् ।