नयाँ दिल्ली– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।
भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् ।
भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ। उपचारको लागि भट्टराई आइतबार भारत गएका हुन्।