भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । ;
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚ “अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।” ;
भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ‚ कोरोनाभाइरस विरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू‚ औषधीलगायत दिइने स्पष्ट पार्नुभयो । ;
उहाँका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोरोनाभाइरस विरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको छ । ;
थप सहयोग सामग्रीका लागि ढुवानी प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि प्रवक्ता वगाचीले जानकारी दिनुभयो । ; रासस/एएनआई