दोहा,कतार स्थित नेपाली राजदुतावासको बिजया दशमीको अवसरमा दुई दिन सेवा बन्द हुने भएको छ।
बडा दशैको अवसरमा यहि आउदो असोज १८ -१९ गते तदनुसार अक्टोबर ४ -५ तारिख मंगल बार र बुधबार दुताबास बन्द हुने बताएको छ।उक्त दुई दिन दुताबासबाट प्रवाह हुने सबै सेवा बन्द रहने कतारमा रहेका सम्पुर्ण नेपाली समुदायमा दुताबासले एक सुचना जारी गर्दै बताएको छ।
जारी सुचनामा आउदो अक्टोबर ६ तारिख बिहिबार देखि पुन: निर्धारित समयमा खुल्ला हुने छ भने सम्पुर्ण सेवाहरु सुचारु हुने समेत बताईएको छ। दुताबासद्वारा जारी सुचना यसप्रकार छ।