मुग्लानी खबर-१७ चैत्र सोमबार
हामी बिश्वकै भाग्यमानी नेपाल देशका मानव हौ जस्तो अनुभुति भैइरहेको छ।साच्चिकै भगवानको असिम कृपा हामी नेपालीलाई मात्र छ! यदि भगवानको बाँस छ भने केवल हाम्रो देवभुमी नेपालमा मात्र छ जस्तो पटक पटक यो मनमा भान भैइरहेको छ।
अहिलेको परिप्रेक्ष्यमा बिश्वकै चुनौती साबित भएको महामारी कोरोना भाईरसले संसारलाई भयभित बनाएको छ।मै हु भन्ने राष्ट्रहरु त्रसित छन रोएका छन।बैज्ञानिक, अनुसन्धानकर्ता,स्वास्थ्य सम्बन्धिका विशेषज्ञहरुले तपतप पसिना छोडेका छन,ठूलो मानबिय क्षति दिन प्रतिदिन भैइरहेको छ।लासले हस्पिटल ढाकिएका छन।लास गाड्ने कबरस्थान भरिसकेका छन।लाखौ नागरिक अस्पतालका बेडहरुमा मृत्यु कुरिरहेका छन,पानी बिनाका माछा जस्तै फुत्रुक फुत्रुक मरिरहेका छन। खै पैसा समृद्ध देशको आडमा देखाईने घमन्ड कहाँ लुकेको छ? पैसा र पाउर यतिबेला किन निरर्थक भएका छन? बुझ्नुहोस प्रकृतिको बिनाशका अगाडी कसैको केही लाग्दैन।त्यस्तै बल र पैसाको बकुम्फुसे घमण्डले केही गर्दैन भन्ने यति बेला आएको कोरोना भाईरसको महामारीले पुष्टि गरिदिएको छ।
हामिले विभिन्न समयमा आएका ठुला ठुला महामारीका इतिहासलाई हेरिसकेका छौ,पढिसकेका छौ।अनुसन्धारकर्ताका दाबी अनुसार करिब पाँच हजार बर्ष इसा पुर्ब देखि अहिले सम्मका लाखौ मानिसको ज्यान लिएका महामारी पढिसकेका छौ चाहे त्यो प्रिहिस्टोरिक पेण्डामिक,प्लेग अफ एथेन्स,एन्टोनिन प्लेग,साइप्रइन प्लेग, ब्ल्याक डेथ को महामारी हओस,त्यसैगरी सन १५१९ देखि १५३२ सम्म फैलिएको अमेरिकन प्लेग भन्ने महामारीले एक करोड देखि एक करोड असी लाख सम्मको ज्यान लिएको हओस।
-
लासले हस्पिटल ढाकिएका छन।
-
कबरस्थान वरपर छरपस्ट देखिने सेता निर्जिब बस्तुहरु,
-
अस्पतालका बेडहरुमा मृत्यु कुर्नेहरुको लर्को उस्तै छ!!
-
छुनै पनि छ कठिन परिस्थितिको संघारमा मान्छेहरु,
-
पानी बिनाका माछा जस्तै फुत्रुक फुत्रुक मरिरहेका छन।।
-
तर पनि हामी भाग्यमानी छौ......
त्यासैगरी विभिन्न समयमा आएका कोकोलिज्लीक महामारी,ग्रेट प्लेग अफ लण्डन,ग्रेट प्लेग अफ मार्सेल, रसियन प्लेग, फिलाडेलफिया यल्लो फिवर,फ्लु पेण्डामिक,अमेरिकन पोलियो,स्पानिस फ्लु,एसियन फ्लु,एचआईभी एड्स,स्वाईन फ्लु,पश्चिम अफ्रिकन ईबोला,जिका जस्ता फरक फरक नाम दिइएका ठुला ठुला महामारी बिस्वले सामना गर्नुपरेको ईतिहास छ जस्मा करोडौं मानव जातिले ज्यान गुमाएका छन तर त्यो बेला देखि अहिले सम्म आईपुग्दा यस्ता महामारीलाई निरुत्साहित गर्न ठुलै कठिन संघर्ष गर्नु परेको ईतिहास साची छ।एउटा यथार्थ के हो भने यति ठुला महामारी बिस्वमा आएपनी नेपाल बाहेक अन्य एसिया युरोप अफ्रिकी विभिन्न देशमा यसको उत्पन्न भएका छन।तर अहिले सम्म न कुनै नेपालमा महामारी उत्पन्न भए न त्यति ठूलो संख्यामा मानिस नै यो पबित्र भुमि नेपालले गुमाउनु परेको इतिहास छ।
अहिले बिश्वलाई रुवाईरहेको कोरोना भाईरस संक्रमीत देशहरु पुर्ण बिकसित राष्ट्र रहेका छन।प्रशस्त औषधि उपचारका सामग्री रहेका छन। बैज्ञानिक ,अनुसन्धान कर्ता, विशेषज्ञ लगाएत विभिन्न माध्यामद्वारा बिज्ञ छन तर नेपाल जस्तो बिकाशशिल राष्ट्रमा न प्रयाप्त पुर्बाधार छ,न डक्टर बैज्ञानिक,अनुसन्धानकर्ता न कुनै बिज्ञ खालका विशेषज्ञ नै।न देश आर्थिक रुपमा सक्षम नै छ? एउटा सिरिन्ज किन्नुपरोस वा सिटामोल छिमेकी राष्ट्र भारत चाईना लगाएत बिदेशी राष्ट्रहरु सङ निर्भर बन्नु पर्ने बाध्यता छ।तर पनि अहिले सम्म नेपालीहरु सुरक्षित छन।हजारौ जना मानिस को ज्यान लिने कोरोना भाइरसबाट मात्र पाँच जना संक्रमीत भएको पुष्टि भएको छ जुन बिस्वको अनुपातमा हेर्ने हो भने केही पनि होइन यस्लाई हामिले अत्यन्तै सकारात्मक रुपमा बुझ्नुपर्छ।एक जना कोभिड पोसिटिभ देखिएका बिरामी पनि उपचार पछि स्वस्थ भैई घर फर्किसकेको अबस्था छ।
यसैले मलाई लाग्छ हामी जस्तो बिस्वमा भाग्यमानी मानिस कुनै देशमा छैन।यो भगवानको पावन भुमिमा जन्म लिनु हाम्रो सौभाग्य हो जबसम्म आकाशमा चन्द्र र सुर्य रहन्छन तबसम्म हामी औषधि होईन आत्मबल र भगवानको असिम कृपाले बाचेका हामी साच्चिकै भाग्यमानी छौ।एक अर्काका सहयोगी बनौ दुख सुख बाडौ स्नेहले बाचौ स्वस्थ रहौ मस्त रहौ आफू पनि बचौ अरुलाई नि बचाउ जय नेपाल।