मुग्लानी खबर- १९ चैत्र बुधबार
पृथ्वीमा अडिएको मानव संसार स्वयम माहामारिको मुख्य कारण हो । त्यहीँ माथी सर्व श्रेष्ठ भनिएका कथित मानिसहरुका दिमागमा बिकृत चिन्तन र बिचारको माहामारी थपियो र फैलियो भने-आफैले निर्माण गरेका श्वर्ग सबैका लागि नर्कमा परिणत हुन्छ ।
विश्व मानव समुदाय धनी हुन् यात गरिव आफ्नै बंगला भित्र होस् त फुस्को छाप्रो सबै त्यहीँ भित्र कैदी बनेर बस्न बाध्य छन् ।
सुखमा मैमत्त हुने र दुखमा भगवान ( ईश्वर ) पुकार्नेहरुको बिश्वमा कमि छैन । कसैले माफिदेउ अल्ला भन्दैछन् त कसैले हे यसु खृष्ट हामिलाई बचाउ भन्दैछन् । हामी नेपालिहरु त झनै देवि देवताका आड्मा बसेका र बाँचेकाछौं- हामिलाई बचाउनुहोस भन्ने नै भयौं ।
माहामारी त्यसै आउदैनन भन्ने कुरा हामिले बुझ्नुपर्छ । माहामारी आउने दुईवटा कारण हुन्छन् । पहिलो कारण प्रकृति संगको मजाक र दोस्रो कारण मानिसले बोकेको बिचार र मानसिकता भित्रको माहामारी- यी दुईवटा कारणले उत्पात मच्चिने गर्दछ ।
सुखमा मैमत्त हुने र दुखमा ईश्वर पुकार्नेहरुको बिश्वमा कमि छैन । कसैले माफिदेउ अल्ला भन्दैछन्, कसैले हे यसु खृष्ट !!हामी त झनै देवि देवताका आड्मा बसेका र बाँचेकाछौं- हामिलाई बचाउनुहोस भन्ने नै भयौं !!
नेपाल राष्ट्र भित्र मात्र होईन-यो तीस बर्षमा बिश्वमा माहामारिकै अबस्था बिध्यमान थियो । कयौं निर्धाहरुका राष्ट्रमा आकासबाट बलियाहरुले गरेका बमबारी माहामारिकै बिकृत रुप थिए ।
बलियाहरुलाई समेत ठाउका ठाउँ सुताउने गरि आएको माहामारिले बिश्वमा आगो सल्काउनीहरुका दिमागलाई ठिक ठाउँमा ल्याउनका लागि मद्दत गरेकोछ ।
प्रकृति र दैविशक्तिका अगाडि भुशुनाहरुको गति यसरी रोकिदो रहेछ कि भनेर साध्य छैन ।
मानव प्राणी उत्पती भएको हजारौ बर्षको ईतिहासमा धेरै जसो माहामारी नृधनहरुका लागि आएका जस्ता देखिन्थे । यो कोरोना नामको माहामारी बलियालाई समेत धुरुक्कै रुवाउने गरि फैलिएकोछ ।
सबैले आ- आफ्ना दिमागमा भरिएका प्रदुशित बिचार र माहामारिका किटाणुलाई आफै मारौ- त्यसैमा सबैको कल्याण हुनेछ ।
अन्यथा यो माहामारी रोकिए पनि अर्को माहामारी आउन कसैले रोक्न सक्ने छैन ।