मुग्लानी खबर-२२ चैत्र शनिवार
आफ्नो राष्ट्र र जनताप्रति पुर्ण रुपमा बफादार रहि राज्यसत्ता र ब्यवस्था चलाईने राज्य र त्यो राज्यका नागरिकका नजरमा एक नेपालीले अर्को नेपालीका बिरुद्ध हतियारबद्ध युद्ध र प्रतियुद्ध गर्नु जस्तो घातक राजनितिक धन्दा अर्को हुन् सक्दैन । प्रचण्ड-बाबुराम- गिरिजा- देउवा- ओलि माधब आदिले यस्ता जघन्य अपराध मानिने युद्ध र प्रतियुद्धको उपयुक्त कारण बारे नेपाली जनतालाई अझै स्पष्ट रुपमा चित्त बुझ्ने गरि जवाफ दिन सकेका छैनन् ।
युद्ध र प्रतियुद्धका नायकहरु एकै ठाउमा उभिएर गला जोडेर देश लुट्दा लोकतन्त्र आउने र एक थरी दलालहरु सत्तामा बसेर त अर्का थरी दलालहरु दिल्लिमा बसेर नेपालीलाई आतंकबादिको नाममा भटाभट मार्न पाईरहँदा त्यो प्रजातन्त्र भैरहने तर्क गर्ने उल्लुहरुका पछि नेपालीहरु लाग्दा नेपाल बर्वाद भएको हो र सोझासिधा जनताले दुखको जीवन बाँच्नु परेको हो भन्ने मेरो निष्कर्ष हो ।
एक दशक लामो युद्ध र प्रतियुद्धका बेला मानवाधिकारवादिहरुको देशभित्र ठूलो जमात देखिन्थ्यो । नेपालको सेनालाई बिदेशिको निगरानीमा राख्दै-बिनाकुनै कारण नेपालको राजसंस्थालाई समेत राष्ट्रिय राजनितिबाट हटाउँदै युद्ध र प्रतियुद्ध हाक्नेहरुका हातमा राज्यसत्ता बुझाएपछी- मानवाधिकारवादिको आबरणका बिदेशिका एजेन्टहरुको मिशन समाप्त भएको रहेछ ।
दशकौ देखि नेपाली जनताको जीवन संग मजाक मात्र होइन,मनपरी गर्दै आएका कमिसनखोर दलालहरु कोरोना कमिसनका लागि लडाई लड्दैछन।।
मानवाधिकारवादीको आबरणमा नेपालका युद्ध र प्रतियुद्धका समयमा यो राष्ट्रका बिरुद्ध को कस्ले के कस्ता अपराध गरेका रहेछन् भन्ने कुरा डा. के. बि रोकायाले पटक पटक आफुबाट भएका गल्तिलाई स्विकार गरि सक्नु भएकोछ । अरु त्यस्ता धेरैले राष्ट्र र नेपाली जनता प्रती गरिएको गद्धारिलाई स्विकार गरेका छैनन् ।
एक दशक लामो युद्धले नेपालीको मात्र मथिङ्गल हल्लिएको थियो भने- कोरोना भाईरसका कारण यतिबेला बिश्व मानव समुदायको मथिङ्गल हल्लिएकोछ । कतिपय सवालमा विश्व मानव समुदायको मानवाधिकार समेत हनन भएका घटना पनि बिध्यमान छन् । यस्तो बेलामा मानवाधिकारवादी भनिनेहरुको कतै उपस्थिति देखिदैन किन ? कित मैले नदेख्या हो ?
साम्राज्यवादिले निर्माण गरेका आणविक हातहतियार, मिसाईल, गोला बारुद र उनिहरुले नै तयार पारेका मानवाधिकारवादिहरुलाई ठेगान लगाउनका लागि कोरोना काफी रहेछ !
बिवेकहिनहरुको विश्व दुनियाँ मासिनुको विकल्प छैन । बिश्वका बिवेकहिनहरु कोरोना भन्दा कम छैनन् । तिनिहरुको सत्यानाशबिना मानवचित नयाँ सभ्यताको मानव संसार निर्माण गर्न सम्भव छैन ।
नेपालमा कोरोना भाईरसलाई समेत माथ गर्न सक्ने विभिन्न आबरणमा खतरनाक भाईरसहरु जिवित भएको र रहेको हुँनाले कोरोना भाईरसले त्यति फैलिन नपाएको हो । दशकौ देखी नेपाली जनताको जीवन संग मजाक मात्र होईन,मनपरी गर्दै आएका कमिशनखोर दलालहरु कोरोना कमिशनका लागि लडाई लड्दैछन ।
नेपालमा कोरोना नियन्त्रण हुने कमै आशा गरौं ब्यवस्थित तरिकाले बिस्तार हुनेछ र यो देशको सत्ता र साशकहरुले त्यही गर्नेछन् ।