मुग्लानी खबर-२२ चैत्र शनिवार
देशमा अकल्पनीय संकट आएको छ, समाधानका लागि जिम्मेवार ठाउमा बसेकाहरुले र आफुलाई जिम्मेवार नागरिक हौं भन्नेहरुले कठोर निर्णय गर र देश दुनियाँ बचाउ ।
मेरो सुझाव ।
(१) नेपाली सेनाका प्रधान सेनापतिले सबै सुरक्षा अंगहरुलाई एकीकृत गर्दै संकटकालको घोषणा गर । नेपालको प्रजातान्त्रिक राजसस्थाको अधिनमा बस्ने प्रतिबद्धता सार्बजनिक गर ।
(२) शुशिला कार्किको नेतृत्वमा चुनाबी सरकार घोषणा गर । एक बर्षमा चुनाव गराई सक्ने मिति तोक र हरेक राजनितिक बिचारका युवाहरुलाई चुनावी प्रतिस्पर्धाका माध्यमद्धारा राज्यसत्ता संचालनको केन्द्रमा ल्याउ । शुशिला कार्किलाई सहयोगी को को मानिस आबश्यक हुन्छन् सेनाको सहयोगमा उनलाई छान्ने अधिकार देउ ।
(३) डा.सुरेन्द्र के सी को नेतृत्वमा स्वतन्त्र नागरिक निर्वाचन आयोग गठन गर । पैसा खर्च गरि चुनाव जित्ने परिपाटीको अन्त्य गरि, बिचार भएको पैसा नभएकोले पनि चुनावमा सहभागी भएर राष्ट्रको सेवा गर्न पाउने निर्वाचन प्रणालीको थालनी गर । डा. केसीलाई को को मानिस आबस्यक हुन्छन् सेनाको सहयोगमा छान्ने अधिकारको सुनिश्चित गरिदेउ ।
(४) डा.भिमार्जुन आचार्यको नेतृत्वमा संबिधान निर्माण आयोग गठन गर । डा. आचार्यलाई को को मानिस आबस्यक हुन्छन् छान्ने अधिकार देउ ।
(५) डा.सुरेन्द्र भन्डारीको नेतृत्वमा भ्रष्टाचार निवारण स्वतन्त्र नागरिक आयोग गठन गर । डा. भन्डारीलाई को को मानिस आबस्यक हुन्छन् सेनाको सहयोगमा छान्ने अधिकार देउ ।
नोट:- पहिलो प्राथमिकता कोरोना भाईरसबाट नेपालिको जीवन सुरक्षित राख्ने बिषयमा सबै एक भएर लाग्ने प्रण गर।।
नेपाल राष्ट्र हाक्न सक्ने नेपालीहरुमा: डा. राजेश अहिराज ,डा. जगमान गुरुङ, डा. युवराज संग्रौला, प्रेम कैदी .........नेत्र बिक्रम चन्द (बिप्लब) लगाएत सयौ यहि समाजमा छन।
(क ) नेपाल राष्ट्र हाक्न सक्ने र नेपाली जनतालाई शुख र शान्तिको जीवन बाँच्न दिन सक्ने नेपाली यही समाजमा छन् ।
( ख ) केही नाम यस प्रकार छन् ।
१) डा. राजेश अहिराज (२) डा. जगमान गुरुङ (३) डा. युवराज संग्रौला (४) प्रेम कैदी (५) देव प्रकाश त्रिपाठी (६) डा.प्रेम शिङ्ग बस्नेत (७) युवराज घिमिरे (८) डा.ठाकुर मोहन श्रेष्ठ (९) भरत दाहाल (१०) सुरजित दत्त (११) डा. के बि रोकाया (१२) नेत्र बिक्रम चन्द लगायत यस्ता ब्यक्ती ब्यक्तित्व नेपाली समाजमा सयौंको संख्यामा छन् । सबैका नाम मैले यहाँ लिन नसके पनि धेरै त्यस्ता नेपालीहरु छन् । जस्ले नेपाल र नेपाली जनता प्रती गद्धारी गर्ने छैनन् भन्ने मलाई बिश्वास छ । त्यस्ता ब्यक्ती ब्यक्तित्वहरु हरेक राजनितिक पार्टिभित्र समेत छन् । सबैतिरबाट खास मानिसहरुलाई खोजेर अगाडि बढ्नुपर्ने अबस्था छ ।
छानिएका सबै कत्तिका स्वतन्त्र छन् र हुन् सबैको भित्री बाहिरी सम्पर्क र सम्बन्धको पाटोलाई केलायर जिम्मेवारी दिनुपर्छ ।
पुनश्च :- आजको जागरुक नेपाली समाजले बहस गरोस् भनेर यो बिचार राखेकोछु । आफ्नो बिचार र सुझाव राख्न सक्नु हुनेछ ।