राम प्रसाद पराजुली- अर्घाखाँची
भोलि बैशाख १ गते २०७७ अर्थात हामी सम्पूर्ण नेपालीहरु को नयाँ बर्ष । हामी यसैगरी नयाँ बर्षहरु धेरै मनाउदै आएका छौ तर नयाँ बर्षमा पनि हामी सधै जसो केहि न केहि नयाँ अनुभव अवस्य बटुलेका छौ। कहिले बाढी आएर हजारौ बस्ती उजाड बनाएको , कहिले भुकम्म आएर।
यसपाली पनि अहिलेको कोरोना जस्तै अनेकौ रोग हरुले । हाम्रो पनि नयाँ बर्ष जस्तै नयाँ उमङ्गका साथ रमाउने चाहाना अवस्य छ तर विडम्बना यस्तै छ ।त्यसैले अन्य देशमा जस्तो लाखौं करोडौका पटका पट्काएर नयाँ बर्षलाई स्वागत गर्न नसके पनि हाम्रो यो स्वच्छ नेपाली मन देखीनै नयाँ बर्षलाई स्वागत छ ।
नयाँ बर्षको शुभकामना हरेक बर्ष यसरी नै दिदै आएकै हौ। यो साल पनि दिन्छौ र आउने सालमा पनि अझै केही उत्साह जनकरुपमा दिन पाइयोस यहि कामना गर्दछु ।
देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी परिवारजन, साथीभाई इस्टमित्र तथा सम्पूर्ण मलाई चिन्नु हुने नेपालीहरुका लागी असिम शुभकामना छ।
यो पटक नेपालमा भएका सबै राजनीति दलका नेता तथा सरकारी निकायका कुनै पनि ब्यक्ती जस्ले जनता र देशको लागी काम गर्दै आउनु भएको छ उहाँहरुलाई पनि मेरो शुभकामना रहनेछ ।त्यसैगरि जस्ले देश र जनतालाई आम्दानीको श्रोत ठानेर भ्रस्टाचारीको बिल्ला भिर्दै दुखी गरीबको आसु बगाउनु भएको छ उहाँहरुलाई मेरो शुभकामना हैन नेपाली मा दिनसक्ने र लाग्ने सबै दुवा दिन चाहान्छु ।
२०७२ साल वैशाख १२ गते शनिबार आएको बिनाशकारी भुकम्प ले हाम्रो सम्पुर्ण आस्थालाई लथालिङ्ग बनायो हजारौ मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो लाखौ मानिस घरबार बिहिन हुनुपर्यो, सबैभन्दा पिडा त ग्रामिण भेगमा बसोवास गर्ने मानिसलाइ पर्यो, जहाँ भुकम्प लगायत अन्य प्राकृतिक बिपति बाढि पहिरो को पनि निकै ठाउँमा नेपाली दाजुभाइले सामना गर्नुपर्यो।
त्यो दुख पिडामा पिल्सिएका जनताहरु लाई अझै सम्म पनि आबस्यक राहत र सामग्रीहरु सम्म पुर्याउन नसक्ने केहि राजनितिक दलका नेता हरुलाई भने अझै सुझाब सगै सम्मान जनक्, सम्पन्न र प्रगतिशिल राजनिती गर्दै अनाबश्यक फजुलबाट र अन्य सुविधाजनक ठाउँहरुमा लगाउने खर्च हरुलाई कटौती गर्दै त्यो ठाउ जुन भुकम्प र मधेश क्षेत्रहरुमा जुन बाढि पिडित लगाएत तथा गत बर्ष आएको बारामा हावा हुरी सगै लाखौको धनजन र मानबिय क्षति छन उहाँहरुलाई सहयोग र माथी उठाउने काम होस भन्ने कामना गर्दछु।
यो नयाँ सालमा पहिलेको साल भन्दा खेतबारीमा धेरै अन्न फलोस। धेरै तरकारी, फलफुल बिक्री हओस। ब्यापार ब्यबसाय राम्रो हओस। मजदुरी र खेती गर्ने किसानहरुले उचित मुल्य पाउन।
देशमा आयत कम होस, निर्यात बढि हओस। कुनै पनि बिमान, वा धर्ती मा गूड्ने यातायात लगाएतका सभारी साधन हरु बाट कसैले ज्यान गुमाउन नपरोश सगै यस्ता नेपालीहरुलाई घाटालाग्ने कुनै पनि क्षेत्रमा हानी हुन बाट बचिहोस देश बिदेशीमा अकालमा ज्यान कसैले गुमाउन नपरोस, कलाकार, खेलाडी, ब्यापारी, राष्ट्र सेवक कर्मचारीहरुलाई कामको उचित तलबको ब्यबस्था गरिहोस ताकी उनिहरुले देशप्रतीको मायालाई कहिले कमी हुनबाट बचाउन सकियोस।देशमा लोडशेडिङको मन्त्रीले बोले अनुसार सम्पूर्ण ठाउमा मुक्त हओस। विद्यार्थीले पढ्ने बेलामा अन्य साधनहरु खोज्दै हिंड्न नपरोस,खान पकाउने बेलामा बत्ती हओस।
ज्याला गरेर खानेहरुले समान किन्न सक्ने गरी महङ्गी नियन्त्रण हओस। बन्न लागेका ठुला-ठुला योजना पूरा हउन। बिदेशमा काम गर्ने,पढ्ने नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले आटेको काम सफल हओस।
बिशेष गरी खाडी वा अन्य मुलुकमा रहेका नेपाली हरुको जिबनको रक्षा हओस । आफ्ना आमा बुवा,छोरा छोरी,श्रीमतीले बिमानस्थलमा बाकशको प्रतिक्षा गर्न नपरोस। यो साल सम्पूर्ण घर परिवार मा सुख शान्ती भईरहोस।
प्राकृतिक प्रकोप हरुले कसैको धनमाल वा ज्यान नलिओस। देशमा खान,काम गर्न, पढ्न, घुम्न,बस्न मिल्ने बातावरण पनि बनोस,बिदेशमा भएका नेपालीहरुलाई नेपाल फर्किन हौसला मिल्ने खालका काम र अवसर सृजना हुने देशमा सुनिक्षित हओस । बिदेशमा बगाउने पसिना नेपाली माटोमा बगाउदै परिवारसग रमाउदै बस्ने अवसर सबैमा प्राप्त हओस।
सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी हरुका सन्तानले बिदेशबाट जादा आफ्नै बाबुआमालाई यो कोहो भन्ने बातावरणबाट मुक्त हओस। बिदेशिको गुलामी गरेर हैन गोर्खाली बनेर आफ्नै देशमा सुख सग दुई छाक खाने योजना हरुको थालनी हओस ।
देश सिङ्गापुर नै नभएपनी “नेपाल” भएर हामीले गर्ब गर्ने सन्देश मिलोस। हामी सबैलाई यो सालमा आत्मबिश्वास र आत्मबल मिलोस, नेताहरुको गुलाम जस्तो भएर होइन कि बरु नेताहरुलाई गुलाम बनाउन सक्ने सक्ती मिलोस।
नेताका दुई जिब्रे कुराहरु सुन्न पनि नपरोस र विश्वाश नि गर्न नपरोस। राजनीतिक दल हरु फुटेर हैन जुटेर देश र जनताको लागि एउटा सक्ष्याम ब्यक्तिको आगमन होस जस्ले आफ्नो हैन देश र जनताको भलो चाहदै बिस्तारबादी र साम्रज्याबादीको अघी कहिले झुक्न नपरोस यो नयाँ बर्ष २०७७ ले हामि बिचमा नयाँ विचारको आगमन होस जोस जागरले उधमतामा हाम्रो अग्रसरता होस,देश बिदेश जहाँ रहेपनि हाम्रो राष्टिय नेपाली पन मनमा सधै रहिरहोस,जनताको अभावमा छिट्टै सुगमता छहोस, देश पुनर्निमाणको गतिमा छिट्टो अग्रसर होस,हाम्रा प्राकृतिक स्रोत लाइ विश्वले अनुभव गर्न पाअोस।
बषन्त ऋतुको पालुवा सरी खुशी पलाओस , पुर्णिमाको जुन सरी भाग्य उदाओस, शिरीषको फुल सरि जिबन रंगीयोस, आखामा सजाएका सबै सपनाहरु साकार हउन , हृदयमा लुकाएका अभिलाशाहरु पुरा हउन , सत्रुहरु टाडा भागुन बाटोको काँडा पाखा लागुन , साथ मिलिरहोस बुझीदिनेको मन भित्रका भाबना बटुल्दै जानू , सामाजिक कार्यमा सधै अघि बढ्ने मौका मिलोस । सामाजिक काम दाम र मान सम्मान सहित आगामि दिन हरु बितुन ।।
यहिनै छ हामी परिवारको नवबर्ष २०७७ को हार्दिक हार्दीक मंगलमय शुभकामना
यो साल को नयाँ बर्ष शुभकामना यती नै। नमरी बाचे अर्को साल पनि यस्तै शुभकामना दिन पाइयोस कामना छ ।