मुग्लानी खबर कार्तिक ६
प्रधानमन्त्री केपि सर्मा ओलिले आज ललितपुरको पुल्चोकमा एक कार्यक्रममा बिच बिजुली बसको उद्घाटन गरेका छ्न ।

साझा यातायातले काठमाडौं उपत्यकामा बिजुली बसको शुभारम्भ गरेको हो ।
हो उक्त बिजुली बस चिनियाँ कम्पनी ‘बीवाईडी’ले निर्माण गरेको हो ।
लुम्बिनी विकास कोषका उक्त बसहरु साझा यातायातको व्यवस्थापनमा सञ्चालन हुनेछन् । बस खरीदका लागि एशियाली विकाश ब्यांक ‘एडीबी’ले सहयोग गरेको छ ।
खरीद गरिएका पाँच मध्ये दुई बस काठमाडौं आइपुगेको र बाँकी बस केही दिनमै आइपुग्ने जनाइएको छ ।
२० सिट क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएको छ । उभिएर यात्रा गर्नेहरुको सहजताका लागि ह्याङ्गरको व्यवस्था समेत छ ।
अपाङगमैत्री उक्त बिजुली बसले उपत्यकाको प्रदूषण नियन्त्रणमा सघाउ पुर्याउने विश्वास लिइएको छ ।
उक्त बसमा चढेर प्रधानमन्त्री ओली सहित केही मन्त्रीहरु पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरबारसम्म पुगेका छन् ।