मुग्लानी खबर- पौष २२
अश्मिता घिसिङ काठमाडौ
कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको सकृयतामा खोलिएको छिमेकी मार्ट लिमिटेडले आफ्नो तेस्रो साखाको रुपमा काठमान्डौको गोकर्णेस्वर ७ शिबचोकमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन हिजो पौष २१ गते गरेको छ।

उक्त उद्घाटन कार्यक्रम छिमेकी मार्ट लिमिटेडका बोर्ड मेम्बर सुर्य दोङको सभापतित्व तथा गोकर्णेस्वर ७ वडापालिका अध्यक्ष केशब गुरुङको प्रमुख आतिथ्यमा भएको थियो ।त्यसै गरेर बिशेष अथितिहरुमा बैदेशिक रोजगार तथा ब्यबसाय संघका अध्यक्ष रोहन गुरुङ,बैदेशिक रोजगार तामाङ ब्यबसाय संघका अध्यक्ष टंक घिसिङको उपस्थिती रहेको थियो।
त्यसै गरि अतिथीहरुमा भुबन प्रधान,दिनेश गुरुङ,नवराज चालिसे,रन्जित लामिछाने,किरण पौडेल ,राजु सुन्दास,गोबिन्द लिम्बू,डि एन घिसिङ थर्च लामा,दिल दोर्जे लामा,कुन्छा दोर्जे डिन्म्डुङ, कमल योन्जन,गोइलो सप्लाइर्स कि चन्द्रमाया बम्जन,काजिमान घिसिङ,चुडामणि पौडेल लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरु साथै स्थानिय उत्साहित बासिन्दाहरुको उल्लेख्य सहभागिता थियो।

लामा गुरु द्वारा पुजाआजा तथा कार्यक्रमका प्रमुख अतिथी केशब गुरुङ लगायतका ब्यक्तित्वहरुले रिबन काटी दिप प्रज्वलन गरि उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो भने उपस्थित सम्पुर्णलाई बुद्धीमान तामाङले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए।त्यसैगरी छिमेकी मार्ट लिमिटेडको शुरुवात देखि अहिले सम्मको को प्रगती लाई प्रसन्सा गर्दै आउदा दिनमा पनि उत्तरोप्रगतिको कामना गर्दै केशब गुरुङ लगाएत विभिन्न ब्यक्तित्वहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
छिमेकी मार्ट लिमिटेडको बारेमा र अहिलेसम्मको उन्नती प्रगतिको बारेमा नेपाल प्रबासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तथा छिमेकी मार्ट लिमिटेडका बोर्ड मेम्बर थर्च लामाले राखेका थिए भने छिमेकी मार्ट लिमिटेडको ओपनिङ डे को खुसियालीमा ग्राहक बर्गमा १०% छुट तथा आगन्तुक सम्पुर्ण लाई चियापान गराईएको थियो।कार्यक्रमको अन्त्यमा सभापती सुर्य दोङले उपस्थित सम्पुर्ण लाई धन्यबाद दिदै कार्यक्रमको समापण गरेका थिए भने कार्यक्रम सहजिकरण मार्टका बोर्ड मेम्बर कुमार मोक्तानले गरेका थिए।