मुग्लानी खबर ०९ माघ
इनरुवा ४ (बोक्राह), सुनसरी निबासी (पहिले साल्पा सिलिछो, भोजपुर निवासी) बर्ष ५५ को बागमती राई ब्रेष्ट क्यान्सर भै भरतपुर अस्पताल हुंदै हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा उपचार गराई रहनु भएको छ ।

वहांको भदौ महिनामा सफल अपरेशन भएको छ । अपरेशनपछि घाउ सेकाउनु अति जरुरी छ । तर खर्च अभावका कारण सेकाउने काम अगाडि बढ्न सकेको छैन । समयमा सेकाउन नसकिएमा क्यान्सर फैलिने भन्ने डाक्टरको सल्लाह रहेको छ ।

बागमती राईको अपरेशनसम्मको उपचार प्रकृयामा परिवारको नामको घर जग्गा धितो राखी लिएको ऋण रकम समाप्त भैसकेको साथै सरकारबाट प्राप्त हुने अनुदान पनि उपयोग भैसकेको तर अन्य आय श्रोत नभएकाले वहांलाई तत्काल सहयोगको अति आवश्यक छ । वहांको घाउ सेकाउन तत्काल रु. १ लाख ६५ हजार डिपोजिट गर्नुपर्ने, औषधि लगायत २ लाख ६० हजार रकम आवश्यक भएको जानकारी गराउंदैं वंहाको उपचारमा सहयोग पु¥याउन हुन सबैमा हार्दिक अपील गर्दछौं भन्दै वविता राईले मुग्लानी खबर संग कुराकानी गरेको छिन । सहयोग रकम निम्न खातामा जम्मा गर्न सक्नुहुनेछ ।
खाता नं. ०५१३६ जि.वि., नेपाल वंगलादेश वैङ्क, काठमाडौ ।
जानकारीका लागि विरामीको आफन्तहरु ः
फूलसरी राई (विरामीको छोरी) ९८१९०५०००१
गौतम कुलुङ ९८५१०००३५४
गीता राई ९८१८४५१७०८