मुग्लानी खबर डट कम
सन्तोष केसी 15अप्रिल 2017 कतार
समाज विकाशमा प्रवासीको योगदान भन्ने मुल नारालाई लिएर नेपाली साहित्य,खेलकुद र सांगीतिक पक्षलाई समेट्दै प्रावसमा प्रवासीका बास्ताविक यर्थाथहरुलाई उजागर गर्ने हेतुले सन २००२ मा स्थापन भएको सन्ध्या ग्रुप कतारले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७४ सालको शुभ अबसरमा अलखोर स्थित आफ्नै कार्यलयमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन गरेको छ ।
सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तथा सन्ध्याग्रुपका प्रमुख सल्लाहकार थर्चा लामा रहेका थिए भने बिषेश अतिथिमा सन्ध्याग्रुपका संस्थापक अध्यक्ष तथा परदेसी जीवन चलचित्र १,२ का निर्देशक क्यामरामेन सुरज तामाङ रहेका थिए । त्येस्तै अतिथिहरुमा म्हेन्दोमाया परिवार कतारका गंगा तामाङ,आइबोस अलखोर इन्चार राज रुजाल,सन्ध्याग्रुपका सल्लाहकार बिजय कुमार यादव,कलाकार राज गुरुङ,राम पाण्डे,धिरज गुरुङ,श्याम बराइली,योङदेन लामा,बिक्रम लिम्बु लगायतका अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा सभापति,प्रमुख अतिथि,बिषेश अतिथिबाट ब्यानर उट्घान सङ्गै दिप प्रज्वलन गर्दे राष्ट्रिय गान गाएर कार्यक्रममा सुरु गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य सन्जिव खाति,राम पान्डे,सन्तोष केसि,गंगा तामाङ,श्याम बराइली,लगायतले मन्तब्य दिने क्रममा सन्ध्यागु्पले २०७३ सालमा गरेको प्रगतिको बारेमा चर्चा गरेका र आउने २०७४ सालमा पनि अझै प्रगतिको शुभकामना दिदै बिश्वभर रहेका नेपाली हरुमा सुस्वास्थ र दिर्घायुको कामना गर्दे नयाँ बर्षले नेपाली नेताको दिमाग़मा बुद्दि पलाई आउने पुस्ताले नेपालमै रोजगारको अवसर पाउन भन्दै शुभकामना राखेका थिए । सन्ध्यागु्पका पुर्व महासचिव चन्द्र थापा,उपाध्यक्ष अर्जुन कुमार,सदस्य गणेश क्षेत्रि,गुराँस तामाङ,मनि लामा,सुनि तामाङ,सबिना लामा लगायतले पनि आफु प्रत्यक्ष रुपमा उपस्थित हुन नसके पनि मेसेज बाटै नयाँ बर्षको शुभकामना पठायका थिए जस्लाई सन्तोष केसिले कार्यक्रममा पढेरा सुनाएका थिए । शुभकामना कार्यक्रम भए पनि कार्यक्रमको बिचमा थप मनोरन्जन दिन "सलल त्यो चिसो पानि" बोलको गितमा नृत्यकार राज गुरुङको नृत्य र गायक योङदेन लामाको सुमधुर स्वरमा गित गाउँदा कार्यक्रम झन रोचक बनेको थियो । २०७३ साल लाई बिदाई गर्दै नया बर्षको स्वागत गर्न मात्रै १ घण्टा बाकि रहदा शुरु भएको कार्यक्रममा उपस्थित प्रायको मुहारमा हर्ष देखिन्थ्यो ।
बिशेष अतिथि तामाङले स्थापना काल देखि नयाँ बर्ष,बिभिन्न नेपाली चाडबाडहरुमा सन्ध्या ग्रुपले गर्ने कार्यक्रम बिशेष रहने उल्लेख गर्दै २०७३ सालमा पनि ग्रुपले उल्लेख्य प्रगति गरेको बताउँदै सन्ध्याग्रुप अन्तर्गत रहेर सन्ध्या फिल्मस प्रडक्सनको ब्यानरमा बनेका परदेसी जीवन फिल्म आफुले निर्देशक,क्यामरामेनको काम गर्न पाउँदा खुशि लागेको र अझ नयाँ बर्षले सन्ध्या गु्पको प्रगति होस् भन्दै सम्पुर्ण नेपालीमा शुभकामना दिएका थिए । प्रमुख अतिथि लामाले प्रवासमा रहेर पनि यसरि नेपाली साहित्य,खेलकुद,साँस्कृतिक पक्षलाई समेट्दै अंगाडि बढेको छ तेसरी नै आगामि दिनमा अझै यस संस्थाले प्रगति गर्दै जावोस भन्दै बिगतका बर्षहरुमा ठुला ठुला साँस्कृतिक कार्यक्रम गरेर नयाँबर्षको शुभकामना कार्यक्रम गरे पनि हाल बिभिद कारणले गर्दा गर्न नसकेको बताउँदै २०७३ सालमा सन्ध्या ग्रुपले मुग्लानी खवर डटकम अनलाईन र २ सफल चलचित्र बनाउनु धेरै प्रगति भएको बताउँदै २०७४ सालमा पनि अझै प्रगति होस् भन्दै शुभकामना दिएका थिए ।
अन्त्यमा कार्यक्रमलाई सौहाद्र पुर्ण बातावरणमा सम्पन्न गर्दै उपस्थितजनहरुलाई सबैलाई सभापति बिरेन्द्र कुमार याख्थुम्बाले समाज विकाशमा प्रवासीको योगदान भन्ने मुल नारालाई लिएर प्रावसमा प्रवासीका बास्ताविक यर्थाथहरुलाई उजागर गर्न हेतुले यो संस्था अगाडी बढिरहैको बताउदै सम्पुर्ण सन्ध्या ग्रुप कार्यकारी सदस्य दाजु भाईहरु तथा उपस्थित प्रमुख अतिथि,विषेश अतिथी लगायत सम्पुर्ण मित्रहरु साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई संघ संस्थाहरुलाई नव वर्ष २०७४ सालको शुभ कामना दिदै कार्यक्रम समाप्त भएको जानकारी दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका महासचिब उमेश बस्नेत र कार्यक्रम संचालन सन्ध्याग्रुप खेलकुद परिषदका पुर्ब अध्यक्ष बिष्णु मरासिनीले गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य दिन्दै सन्जिव खाति
कार्यक्रममा शुभकामना मन्तब्य दिन्दै राम पाण्डे
कार्यक्रममा शुभकामना मन्तब्य दिन्दै सन्तोष केसी
कार्यक्रममा शुभकामना मन्तब्य दिन्दै श्याम बराइली
कार्यक्रमको बिचमा थप मनोरन्जन दिन्दै गायक योङदेन लामा
कार्यक्रममा शुभकामना मन्तब्य दिन्दै नृत्यकार राज गुरुङ
कार्यक्रम संचालन गर्दै बिष्णु मरासिनी