मुग्लानी खबर- १७ मंसिर
काठमाडौं - हाल सन्चालन भैइरहेको "द भोइस अफ नेपाल सिजन टु" को सेमिफाईनलमा पुग्न सफल दार्जिलिङ आलुबारी निवासी गायीका याङ्की योल्मोलाई काठमान्डौमा विभिन्न योल्मो संघ संगठनहरु याेल्माे कर्म कुन्गावाे चुक् ल्हाखाङ गाेन्पा, नेपाल ह्याेल्माे समाज सेवा संघ,याेल्माे काग्यु साङाग लाछाेग,नेपाल याेल्माे महिला संघ को संयुक्त आयोजनामा सम्मान गरिएको छ।

दार्जिलिङ आलुबारी निवासी योल्मोलाई आफ्नो समुदाय को पहिचान र ईज्जत कायम गरेको भन्दै मंगलबार गायिका योल्मोलाई सम्मान गरिएको हो । दुर्गम सेवा समाज नेपाल ह्योल्मो संघ,नेपाल योल्मो महिला संघ,काग्यू साङाग लाछोग र नेपाल ह्योल्मो महिला संघ आदिले संयुक्त रुपमा गायीका योल्मोलाई सम्मान गरिएको थियो।

याेल्माे कर्म कुन्गावाे चुक् लहाखाङ गाेन्पा का अध्यक्ष बिरू श्याङ्पा याेल्माेपाको सभापतित्व तथा श्रध्देय लामा दावा साङ्बाे याेल्माेपा को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो त्यसैगरी उपस्थित हुनेहरुमा बिशेष अतिथिहरु- याेल्माे काग्यु साङाग लाछाेग सल्लाहकार लामा छिरिङ याेल्माेपा,मुग्लानी खबर अनलाईन मिडियाका अध्यक्ष दिलमाया तामाङ राना लगाएत विभिन्न संघ सस्थाका ब्यक्तित्वहरुको बाक्लो उपस्थितीका बिच एक औपचारिक कार्यक्रमका बिच गायिका योल्मोलाई उनको कला प्रती गर्व गर्दै कदर तथा सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा सिन्धुपाल्चोकका प्रमुख लामा आचार्य दावा साङबो योल्मोपाले याङकी योल्मोको योे "द भोइस अफ नेपाल सिजन टु" को सेमिफाइनलमा पुग्नुले उनी प्रतिभावान कलाप्रेमी ब्यक्तित्व रहेको बताए साथै उनको कला प्रतिभाले आफ्नो समुदायले अन्त्यतै गर्व महसुस गरेको बताए। तर आफनै केही समुदायका केही ब्यक्तिहरुले आफ्नो वास्तविक नाम र थरलाई बिगारेर कपोकल्पित भ्रम शृजना तथा प्रचारबाजी गर्दै याङकीलाई असहयोग गरेकोमा उअनले दुखी भएको बताए। यदि सही नाममा याङ्कीलाई भोटिङ भएको भए फिनालेमा नै पुग्ने दावी गर्दै प्रमुख लामाले आगामी दिनमा अझै हौसला बढाएको समेत बताएका थिए।

कार्यक्रममा बोल्दै गायीका याङकी योल्मोले आफूलाई माया गरेर भोटिङ गर्ने सम्पूर्ण आफ्नो शुभचिन्तकहरुलाई धन्यबाद दिएकि थिइन। आफु "द भोइस अफ नेपाल सिजन टु" बाट बाहिरिनु परे पनि कुनै गुनासो नभएको बताउदै अब बल्ल आफ्नो करिअर सुरु भएको बताइन् । गीत संगीत क्षेत्रमा राम्रो वभिष्य भएको बताउदै अझै राम्रो गरेर आफनो समुदाय र देशको नाम उच्च राख्नु पर्ने दायित्व बोध भएको बताउदै आगामी दिनमा पनि यहाँहरुको माया सहयोग सुझान सल्लाह यसरी नै पाई राख्नेछु भन्नेमा आफू बिस्वस्त रहेको बताएकी थिइन।
रोचक अन्तर्वार्ता
https://www.youtube.com/watch?v=D1eufgZ93uM