मुग्लानी खबर २३ बैशाख
श्याम मम्बा तामाङ
बिश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्म जयन्तीको अवसरमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा पहिलो चोटी ”२५६२ औं बुद्ध जयन्ती कार्यक्रम कार्यक्रम भब्यताका साथ मनाएको छ ।
४ मे २०१८ का सुक्रबारको दिन HOTEL PAREZH सर्चिनरमा संस्थाका बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कुर्दिस्तन इराकका उपाध्यक्ष सिताराम चौधरी रहेका थिए ।
त्येस्तै विशेष आतिथी हरुमा प्रवासी एकता समाजका अध्यक्ष नवीन लामा, नेपाली महिला समाजका अध्यक्ष सानु सेर्पा,कुर्दिस्तान प्रवासी नेपाली समाजका महासचिव बिनोद श्रेष्ठ,गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इराकका पुर्ब अध्यक्ष लाल काजी गुरुङ,त्येस्तै आतिथी हरुमा शेर्पा युनिका ग्रुप लगायत कुर्दिस्तान इराकमा रहेको बिभिन्न सामाजिक संघसस्था तथा बरिस्ठ ब्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो ।
सदस्य तिर्थ तामाङले उपस्तिथ सम्पूर्णलाई स्वागत गरे पश्चात सुरुभएको कार्यक्रममा मन्तब्य साथै सुभकामना दिनेहरु महिला समाजकि अध्यक्ष सानु शेर्पा,महासचिव डोल्मा शेर्पा, कुर्दिस्तान प्रवासी समाज सुलेमनीको महासचिव तथा एनआरएनए इराकका पुर्ब अध्यक्ष लाल काजी लगायतले बुद्ध जयन्तीको शुभकामना दिंदै बुद्धको शान्ति, समृद्धि र मानव कल्याणको सन्देश अहिले पनि अनुशरण योग्य भएको बताए ।
कार्यक्रममा संस्थालाइ विभिन्न समयमा सहयोग गर्ने सहयोगी तथा संघसस्थालाई खादा ओढाई सम्मान पत्रद्वारा सम्मानित गर्नुका साथै नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अजिबन सदस्य बन्ने हरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
रोजगारीको लागि इराक कुर्दिस्तानमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बुद्धको दर्शन गर्न र जन्म जयन्ति मनाउनको लागि १५० भन्दा बढीको उपस्थिति रहेकोथियो भने सोही कार्यक्रम सफल पार्नको निम्ति म्हेन्दोमाया परिवार कुर्दिस्तान इराक परिवारले १ लाख ५९ हजार, २५० इराक डिनर सहयोग गरेको थियो ।
“ २५६२ औ बुद्ध जयन्ती भब्यताका साथ मनाऔं,बिश्वभर शान्तिको सन्देश फैलाऔं मुल नाराको साथ संचालन भएको कार्यक्रमको संचालक भने नेपाल तामाङ घेदुङ इराकका महासचिव श्याम घिसिङ तामाङले गरेका थिए ।