मुग्लानी खबर भदौ १
साबिकी-२ शैलुङ गा. पा. (दोलखा) द्वार सोही स्थानिय सोर्गिय श्रीमती जेमन तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

२०७५/०४/१८ गते समाजका अध्यक्ष श्रीमान् तेज बहादुर तामाङको हातबाट अन्य पदाधिकारीको रोहबरमा सोर्गीय श्रीमतीको छोरा नाति तथा समाजका सदस्य श्री सरोज तामाङलाई ने. रु. १०५००.०० काठमाडौंमा हस्तान्तरण गरि सोही सहयोग रकम मृतकको छोरा बुहारीहरु गाउँमा नै बसोबास गर्दै आएको हुदा गाउँमा नै पुगी नेपाल डाम्फुँ संङको प्रथम उपाध्यक्ष तथा समाजका केन्द्रीय सदस्य श्रीमान् बिर बहादुर तामाङको हातबाट सहयोग रकम छोरा बुहारीहरुलाई हस्तान्तरण गरिएको थियो।

आपत बिपतमा सहयोग तथा समाज बिकासमा केहि टेवा पुर्याउने उदेस्यले "सामजिक सेवा हाम्रो वचन बद्धता ! सबैलाई एउटै छानामुनी राख्ने एकता समाजको प्रतिबद्धता !!" भन्ने मुल नाराको साथ २०७३ सल मा स्थापना गरिएको यो समुहले स्थापना काल देखि नै धेरै आपत बिपतमा सहयोग गर्दै आइरहेको छ। समुहमा आबध्द स्थानियहरु बाट संकलित मासिक लेभि बाट नै आर्थिक सहयोग गर्दै आइरहेको र ठुलो नै बिपत्तिमा समुहको अगुवाइमा अन्य बिभिन्न सहयोगी मनका घानी हरुबाट आर्थिक संकालन गरि सहयोग गर्दै आइरहेको कुरा समाजको अध्यक्ष श्रीमान् तेज घिसिङ तामाङले बताउनु भयो।
एकता समाजले स्थापना काल देखि नै स्थानियहरुको कालगति वा अन्य कुनै असामयिक निधन हुदा आर्थिक सहयोग गर्दै आइरहेको छ। र आपत बिपतमा सहयोगको अलवा समाजले समय समयमा मनोरञ्जनका कार्यक्रम हरु गर्दै आइरहेको छ।