मुग्लानी खबर भदौ २०
अमेरिकी डलरको मूल्य लगातार बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यले बुधबार नयाँ उचाई छोएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो १८ वर्षको तथ्यांक हेर्दा बुधबार अमेरिकी डलरको मूल्य सबैभन्दा धेरै देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर ११४.२४ रुपैयाँ तथा बिक्रिदर ११४.८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।

सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । सन् २०१५ को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य १००.५६ रुपैयाँ थियो ।
तर यो वर्ष लागेसँगै अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको छ । सन् २०१८ को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य १०१.९ रुपैयाँ थियो र फेब्रुअरीसम्म यस्तै रह्यो । तर त्यसपछि डलर लगातार बलियो हुँदै गएको छ ।
अगस्ट १ मा १०९.३७ रहेको डलरको मूल्य सेप्टेम्बर १ मा ११३.२९ रुपैयाँ पुग्यो र बिहीबार एक अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च ११४.८४ रुपैयाँ पुगेको छ ।
डलरको मूल्य बलियो हुँदै जाँदा आउने रेमिट्यान्समा सकारात्मक असर परे पनि अरु अर्थव्यवस्थामा नकारात्मक प्रभाव पर्ने अर्थविदले बताउने गरेका छन्