रसुवाको गोसाइँकुण्ड गाउपालिकामा नेकपा परित्याग गरि नेता कर्म तामाङ लगायत दर्जनौं कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।
नेपाली कांग्रेस गोसाईंकुण्ड गाऊपालिकाको सभापति दिन्डुप जंगबा र नेपाली कांग्रेस रसुवाको युबा नेता ज़िल्ला सदस्य फिन्जो लोप्चनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्व क्षेत्रीय सदस्य साबिक लाङटाङ गाविस हाल गोसाईंकुण्ड गाऊपालिका वडा नं ४ का नेता कर्म तामाङ लगायत दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन।
सभापति दिन्डुप जंगबा लगायत युवा नेताहरुले नेता कर्म तामाङ लगायत नव प्रबेसीहरुलाइ खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए ।