काठमाण्डौ- गोकर्णेश्वर नगरपालिका स्थित वडा न. ३ मा रहेको सुन्ताखान माध्यामिक बिधालयको ६९ औ वार्षिकोत्सब सम्पन्न भएको छ। विविध कार्यक्रम रहेको वार्षिक उत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकाकाका सान नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको उप बिजेता जित्न सफल तारेभिरका सुरेश लामाकी कक्षा ३ मा अध्यनरत छोरिलाइ कक्षा १२ सम्म अध्ययनको लागि सहयोग स्वरुप छात्रवृत्ति समेत प्रदान गरिएको छ।
गायक सुरेश लामाले आफ्नो मिहिनेत लगनशीलता, सामाजिक उत्तरदायित्व,इमान्दारिता र योगदान प्रती उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप छोरी सुस्मिता लामालाई उक्त छात्रवृत्ति प्रदान गरिएकोमा बिधालय परिवार,अभिभावक लगाएत सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए। सामुहिक राष्ट्रिय गान तथा सरस्वती माताको तस्बिरमा माल्यार्पण गरि शुरुवात गरिएको कार्यक्रममा उमा सापकोटाद्वारा स्वागत मन्तव्यद्वारा स्वागत गरिएको थियो भने कार्यक्रमका संयोजक शम्भु बहादुर बिस्टले कार्यक्रमको औचित्यबारे स्पष्ट पारेका थिए।