वशन्त राज सुब्बा (झापा)- कमल गाउँपालिका ३ स्थित केर्खामा उद्यमशील महिला जागरण केन्द्रले गत शनिवार तेश्रो साधारणसभा सम्पन्न गरेको छ ।“सिप सिकौं, उद्यमी बनौं” भन्ने नाराका साथ झापामा स्थापित जागरण केंद्रले ढाकाको सिलाई ,बुनाई उत्पादन देखि घरयासी आवश्यक साम्रगीहरु उत्पादन गर्दै सामाजिक गतिविधिहरुमा पनि सक्रिय रुपमा अघि बढ़दै आएको छ ! सस्थाले विभिन्न कार्यक्रमका साथ तेश्रो साधारणसभा तथा आगामी कार्यकालकालागी नयाँ कार्या समिति समेत चयन गरेको छ ।
प्रमुख अतिथी कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले उधमशील महिलाद्रारा ढाका उद्योग सिलाई बुनाई कार्यक्रम प्रति उच्च प्रशसा गर्दै यस्ता सकारात्मक कार्य गर्दै अघि बढ़ीरहेको सस्थाले गाउँमा रहेका धेरै महिलालाई विभिन्न सिप र प्रविधिको माध्यम बाट स्वरोजगार बनाएकोमा सम्पूर्ण आयोजक टीमलाई धन्यवाद दिएका थिए ।त्यस्तै विशेष अतिथी वडा न. ३ का वडा अध्यक्ष नर प्रसाद दंगालले कमल गाउँपालिका उधमशील महिलाले स्थानीय महिलाहरुलाई एक रुपता गरेर सिप सिकाउदै थोरैलाई भए पनि तालिम दिदै रोजगार दिएको प्रशसायोग्य भएको भन्दै वडाको तर्फ बाट यस्ता कामहरुमा सहयोग गर्ने बताएका छन् । सोहि कार्यक्रमको अवसरमा सस्थाका कानुनी सल्लाहकार विमल संग्रौला र सस्थालाई विशेष योगदान पुर्याउने बन्दना झाँगरलाई सम्मान गरिएको थियो । त्यसैगरी सस्था द्वारा संन्चालीत विभिन्न तालिमा सहभागी ९ जनालाई प्रमाणपत्र वितरण गर्नुका साथै सस्थाको आजिवन सदस्यता प्राप्त गर्नुहुने ३० सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदानगरिएको थियो ।
उक्त कार्यक्रममा नवनिर्वाचन शान्ता उप्रेती दहाल नै पुर्न अध्यक्ष निर्वाचित हुनु भएको थियो । त्यसै गरी उपाध्यक्ष गोमा तिवारी, सचिव सिता राई शेर्पा, सह सचिव नन्दकुमारी लिम्बु, कोषाध्यक्ष बेदमाया वाग्ले, सदस्य विष्णु आचार्य( गौतम), हिमा ढुङ्गेल(पौडेल) चन्द्रा नेपाली, हुमा बाँस्तोला (दाहाल) चयनहुनु भएको निर्वाचित समितीका संयोजकमा अग्निप्रसाद कोईराला , सदस्य तारा बोगटी , छत्रपति खनाल रहेको छ भने लेखासमितीको संयोजकमा मेनुका सापकोटा तथा सदस्यमा अमृता लामा र हरीमया खतिवडा (घिमिरे) चयन हुनुभएको छ ।कार्यक्रममा बालमैत्री अभियानका सहजकर्ता सुमन ढकाल , सामाजिक व्यक्तित्व वीरेन्द्र कुमार याक्थुंम्बाले मंतव्य राखेका थिए ।
त्यस्तै अतिथिमा कमल उद्योग वाणिज्य संघ अध्यक्ष उमा नाथ भण्डारी, लायन क्लव अफ केर्खाका अध्यक्ष देबी प्राद दाहाल, महिला तथा बालबालीका शाखा प्रमुख रेनुका गौतम , पत्रकार बसन्त राज सुब्बा लगायत उपस्थित रहेको थियो भने कार्यक्रम सस्थाकी सचिव गौरी राईले सन्चालन गर्नु भएको थिईन भने कोषाध्यक्ष सिता राईले स्वागत मंतव्य गरेको थिईन । निवर्तमान तथा नवनिर्वाचित अध्यक्ष शान्ता दहालले कार्यक्रमको खुल्ला सर्त्र बन्द सत्र दुबै कार्यक्रम सफल पॉर्न सहयोगीहरुलाई धन्यवाद दिदै आउदो दिनहरुमा अझ शसक्त ढंगबाट बढ़दै जाने बचन दिदै कार्यक्रम समापन गरेकी थिईन ।