झापा- नेपालीहरुको महान पर्ब बिजया दशमीको अवसरमा झापा स्थित डि.पि.यल युथबोर्ड कमल गाउँपालिका र डिपि.यल युथबोर्ड दमक नगरपालिकाको सयुक्त आयोजनामा लखनपुर स्थित श्री एजुकेशन फाउन्डेशन बोर्डिंग स्कूल, कमल गा.पा.वडा न.५ मंगलबारेमा शुभकामना आदानप्रदान सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रमुख अथिति कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शोवाकोटीले कार्यक्रमलाई सम्बोधन गर्दै बिजया दशमीको बिशेषता र मौलिकता बारे स्पस्ट पार्दै अग्रजहरुको हातबाट टिकाग्रहण तथा आसिरबाद लिने बताए। दशैले सबै आफन्त, ईस्टमित्र र समुदायहरु माझ मैत्रीपुर्ण सद्भाव राख्दै एक आपसमा भावना साटासाट गरिने हुँदा यसरी कमल गाउँपालीका र दमक नगरका युवाद्वारा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको धन्यबाद सहित शुभकामना ब्यक्त गरेका थिए ।
बिशुद्ध युवाहरुको बाक्लो उपस्थितीमा गरिएको दशै मिलन समारोहका बारेमा डिपियल दमकका अध्यक्ष आशिष न्यौपानेले प्रकाश पारेका थिए । त्यस्तै बिशेष अथिति बिरेन्द्र कुमार याख्य्थुम्बाले आयोजक युवाहरुप्रति लक्षित गर्दै देशको हरेक क्षेत्रमा युवाहरूले प्रत्यक्ष अप्रत्यक्ष चासो राख्नुपर्ने बताए। कमल गाउँपालिका र दमक नगरपालिका समायोजन हुने भन्ने बारे बिबादित बिषय सतहमा आईसकेकोले छ ।
अब दुबै पालिकाका युवा पुस्ताले पनि आउने भाविपुस्तालाई ध्यानमा राखी भुमिका खेल्नुपर्ने बिचार ब्यक्त गरेका थिए। त्यसैगरी आमान्त्रीत बिशेष अतिथिहरुमा लगनशिल सहकारी सस्था अध्यक्ष-एल. बी. बिष्ट, चितवन डिपियल का अध्यक्ष नदिना बट्टाराई, भिम अधिकारी, पत्रकार, बसन्तराज सुब्बा जेसिस कमल गा.पा का प्रकाश खनाल,लाल बहादुर बिष्ट, देवेन्द्र प्रसाई, गोबिन्द तिवारी,बिनोद उप्रेती, बालचन्द्र कार्की लगाएतको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा सभापती राजन चापागाईंले उपस्थित सबैमा २०७८सालको बिजय दशमी,शुभ दिपावली,नेपा संवत्, छट पर्व र दिपावालीको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोगी र उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।
आर जे रिजु भट्टराईद्वारा संचालित कार्यक्रममा कमल डिपियलका महासचिव अर्जुन गुरुङले स्वागत मन्तव्य राखेका थिए,