प्रदेश नं २ का प्रमुख तिलक परियारले ‘सोनाम तथा ग्याल्पो ल्होछार’ पर्वका अवसरमा तामाङ र शेर्पा समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सोनाम ल्होछार जस्ता सांस्कृतिक पर्वले पारस्परिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुताको प्रवद्र्धनका लागि उत्प्रेरकको भूमिका खेलोस् भनी शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।रासस