कतारमा स्थापित सस्था पर्वत समाज कतारले संघिय सांसद पदम गिरि संग आन्तरिक भेटघाट तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरको छ ।
अमेरिका बाट नेपाल फर्कने क्रममा मिति २०२०/०२/२३ गतेका दिन कतारमा ट्रान्जिट परेको र सोहि अवसरमा समाजले नेकपाका नेता समेत रहेका पर्बत निवासी प्रतिनिधि सांसद गिरि संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरको जनाइएको छ ।
कार्यक्रममा बोल्दै सांसद गिरिले नेपाल सरकार जनताको सपना,बिकाश र सम्बृदीको बाटोमा अनवरत लागिरहेको बताउदै हो हल्लाको पछाडी नलाग्न अनुरोध गरे ।
दुइतिहाइको सरकारबाट जनतामा अपेक्षा धेरैनै भएको र अपेक्षा अनुरुप काम गर्न नसकिएको बताउदै अवका दिनमा तेहीअनुसारको विकासले गतिलिने बताए |
श्याम न्यौपानेको स्वागत मन्तब्य संगै गण्डकी प्रदेश समन्यव परिषद कतारका अध्यक्ष हंसराज ढकाल,प्रवासी एकता मंच कतारका अध्यक्ष चानख पोखरेल, संस्थापक संरक्षक अजय बि.क,संस्थापक भूपति भट्टराई लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
सस्थाका सचिव शेसराज तिमिल्सिनाले संचालन गरिएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सबिद्र श्रेष्ठले गरेका थिए ।
“निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नाराका साथ सन २००३ मा पर्वत बाट बैदेशिक रोजगारीको शिलसिलामा कतार आएर स्थापना गरिएको सस्थाले स्थापना कालदेखिनै बिभिन्न रचनात्मक, आर्थिक तथा सामाजिक क्षेत्रमा क्रियासिल रहदै आइरहेको छ ।