गण्डकी प्रदेश समन्वय परिषद कतारको दोस्रो साधारण सम्पन्न भएको छ । दोस्रो साधारण सदस्य बाट राकेश श्रेष्ठ अध्यक्षमा निर्बाचित भएका छ्न ।
हाम्रो अभिभारा– समृद्घ गण्डकी प्रदेश´भन्ने मुल नारा लिएर स्थापना भएको संस्थाको अध्यक्ष हंशराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रेम रसाईलीको शुभकामना मन्तव्य रहेको कार्यक्रममा महासचिव रामजी खत्रीले कार्यप्रगति विवरण कोषाध्यक्ष अजय विकले आयब्यय प्रस्तुत गरेका थिए ।
जुममार्फत सम्पन्न अधिवेशनको अन्त्यतिर बोल्दै मुख्यमन्त्री गुरुङले प्रवासी नेपालीहरुको देश विकासमा ठूलो योगदान गरेको बताए । अधिवेशनको समापन अध्यक्ष ढकालले गरेसँगै साधरणसभाको बन्द शत्र सुरु भएको थियो ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक आश बहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नव निर्वाचित कार्यसमितिको अध्यक्षमा राकेश श्रेष्ठ (गोरखा), वरिष्ठ उपाध्यक्ष सागर पौडेल (बाग्लुङ), उपाध्यक्ष अजमत अलि (स्याङ्जा), महासचिव सन्तोष रेग्मी (तनहुँ), कोषाध्यक्ष कल्याण थापा (लमजुङ) रहेका छन् भने सदस्य (पदेन) हरुमा नारायणप्रसाद ढुंगाना (तनहुँ), नवराज नखौला (लमजुङ), रामजी खत्री (गोरखा), सबिन्द्र श्रेष्ठ (पर्वत), सन्तोष पौडेल ( बाग्लुङ), पिताम्बर चापागाईं (नवलपुर), हेम बहादुर विक (कास्की) रहेका छन् ।