कार्ड्स अर्गनाइजेशन कतारको दोस्रो अधिबेशन बाट अध्यक्षमा कृष्ण पन्थी चुनिएका छ्न ।
बिदेशमा छरिएर रहेको स-साना लगानीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र त्यसबाट बिदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको “उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) को मिति १४ फाल्गुन २०७७ तदानुसार २६ फेब्रुअरी २०२१ शुक्रबारका दिन दोस्रो अधिबेशन सम्पन्न भएको थियो
नेपाली राजदुताबास कतारका प्रथम सचिव प्रविण भट्टराईको प्रमुख आतिथ्यता र कार्ड्स कर्पोरेसन नेपालका अध्यक्ष मिक्की माउस लिम्बु तथा बिदेश बिभाग प्रमुख मोहन कार्कीको बिशेष उपस्थितिमा दोश्रो अधिवेशन सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व कार्डस् अर्गनाईजेशन कतार दोश्रो अधिवेशन तयारी समितिका संयोजक कृष्ण पन्थीले गर्नु भएको थियो ।
विद्युतीय प्रणाली जुम मार्फत सम्पन्न कार्यक्रमको संचालन डिल्लीराम भट्टराईले गर्नुभएको थियो र संस्थाको छोटो परिचय र यसका उद्धेस्यहरु सहित कार्डस कार्पोरेसन नेपालका लेखासमिति संयोजक बिमल घलेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।
जुम मार्फत जोडिनु भएका प्रमुखअतिथि नेपाली राजदुताबास कतारका प्रथम सचिव प्रविण भट्टराईले शुभकामना मन्तब्य दिदै संस्थाको उद्धेश्य राम्रो रहेको र व्यवसायिक पाटोमा कानुनअनुसार यस संस्थालाई आवस्यक हुने जस्तोसुकै सहयोग गर्न दुताबास तयार रहेको बताउनु भयो।
त्यस्तै मन्तब्य कै क्रममा कतारमा स्थापित गैर आवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समिति तथा राष्ट्रिय समन्वय समिति लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ-आफ्नो शुभकमना सन्देश ब्यक्त गर्दै संस्थालाई आवस्यक सहयोग तथा सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
उक्त अधिवेशनले कृष्ण पन्थीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ, कार्डस् अर्गनाईजेशन दोहा कतार को दोश्रो कार्यकाल को लागि २७ सदसिय कार्यसमिति गठन गठन गरिएको निर्बाचन समिति संयोजक केबी हमाल ले जानकारी दिनु भयो ।
जसमा वरिष्ठ उपाध्यक्ष राजाराम शाही, उपाध्यक्ष मोहम्मद अयुब शेष, महिला उपाध्यक्ष नानु घले, महासचिव डिल्लीराम भट्टराई, प्रथम सचिव सुरज कुँवर, द्वित्तीय सचिव रोशन बि. क., कोषाध्यक्ष नर बहादुर थापा, सहकोषाध्यक्ष राम कुमार राई लगायत सदस्यहरुमा क्रमश: (रमेश थापा , चन्द्र बहादुर फुलेल , बासुदेब पाण्डेय , रमेश पुरी , बिष्णु बहादुर शाही , अब्दुल खालिक ,अम्बर राई , तेज बहादुर बुढाथोकी , प्रदीप राई, गणेश परियार , बिष्णु अधिकारी , अनिशा घिमिरे , भुपराज दुबे र बाकि सदस्यहरु पूर्ण समावेशी सिद्धान्तका आधारमा कार्यसमितिले मनिनित गर्ने गरि चुनिएको छ।
अन्तमा कार्यक्रमको समापन गर्दै सभापति कृष्ण पन्थीले कार्ड्सले नेपालमा हाल कृषकहरुले भोग्न परेको समस्या लाई अन्त्य गर्नको लागि नेपाल सरकार संग पहल गर्ने र यदि कुनै पनि परिस्थितिमा सरकारले कृषि सम्बन्धि बस्तुहरुलाई बजार व्यवस्थापन गर्नको लागि जिम्मा दिन्छ भने आफुहरु त्यस कार्यमा कहिल्यै पछि नहटने जानकारी गराउदै उपस्थित सम्पूर्ण प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिज्यूहरु लाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।