दोहा / तमु (गुरुङ) समाज कतारले बिगतका दिनहरूमा विभिन्न शिर्षक र बिषय मानबिय सामाजिक क्रियाकलापहरुमा साथ सहयोग गर्दै आईरहेको छ। यश पटक संखुवासभा जिल्ला मादि नगरपालिका वडा न. २ मा जन्म भइ हाल पथरी शनिश्चरे नगरपालिका वडा न. १ बस्ने तिल बहादुर गुरुङको छोरा बोधराज (बिकास) गुरुङ मृगौला पीडित रहेकाले उन्को सहयोगको निम्ति ने.रु. १,४९,९३५/- (१ लाख ४९ हजार ९ सय ३५) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त रकम तमु (गुरुङ) समाज कतारका सल्लाहकार धनराज गुरुङ, भु.पु. सल्लाहकार अमृत गुरुङ र भु.पु. अध्यक्ष जगन गुरुङ को संयुक्त सहभागितामा हस्तान्तरण गरिएको हो ।
दुबै मृगौला खराब भई बि.पि. कोईराला स्वास्थ्य बिज्ञन प्रतिष्ठान धरानमा उपचार गराईरहेका बिकास गुरुङ हाल मृगौला प्रत्यारोपणका लागि काठमाडौं आई थप उपचार गराईरहेका छन ।
नियमित डाईलोसिस गर्न र मृगौला प्रत्यारोपण गर्नको लागि निजको आर्थिक अबस्था कमजोर रहेको हुदा तमु (गुरुङ) समाज कतारले पनि उक्त रकम कतारमा रहनु हुने तमु तथा गैर तमु दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरु बाट संकलन गरि हस्तान्तरण गरिएको हो।
पीडित बिकास गुरुङ कतारमा आफ्नो कर्म थलो बनाई रहदा तमु (गुरुङ) समाज कतारको पुर्वाञ्चल साखा समिति सचिव हुँदै सांस्कृतिक सम्बन्धि गायन तथा बाध्यबादकमा सकृय रहि तमु (गुरुङ) समाज कतार लगाएत विभिन्न संघ संस्थामा धेरै योगदान पुर्याएका थिए ।
आज उन्को यो अवस्थामा सम्पूर्ण तमु (गुरुङ) समाज कतार दुखित रहेको छ साथै स्वास्थ्य सुधारको कामना ब्यक्त गर्दछाै। यश अभियानमा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था दाजुभाइ तथा दिदिबहिनीहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेको तमु (गुरुङ) समाज कतारका महासचिव पदम गुरुङले जानकारी गराए I